राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), २ साउन । सप्तरीको मेयर कप सप्तरी प्राइड लिग को सातौं संस्करणमा तिरहुत टाइगर्सले लगातार दोस्रोपटक उपाधि जितेको हाे।

बिहीबार राजविराजमा सम्पन्न फाइनल खेलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि सुरक्षित गर्यो।
साे राजविराज राजदेवी रोयलले पहिले ब्याटिङ गर्दै ९२ रन बनाएको थियो। जवाफमा टाइगर्सले १५.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। ओपनर भोला शाहले ५३ रनको अविजित अर्धशतकसहित जितमा निर्णायक भूमिका खेलेका थिए ।
बलिङतर्फ श्रवण यादवले ३ विकेट लिँदा, चित्र बहादुर बिस्ट र अनिल यादवले २/२ विकेट लिए।
विजेता टिमले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाएकाे हाे ।
राजविराज राजदेवी रोयललाई ९ विकेटले हराउँदै तिरहुत टाइगर्स विजयी
साे प्रतियोगिताको उत्कृष्ट खेलाडी दिवान पुन, उत्कृष्ट ब्याटर भोला शाह, बलर चित्र बहादुर बिस्ट र उदयमान खेलाडी अनिल यादव घोषित भए। याे खेलमा ८ टिम सहभागी प्रतियोगिता ८ दिनसम्म संचालन भएको थियो।
राजविराज राजदेवी रोयललाई ९ विकेटले हराउँदै तिरहुत टाइगर्स विजयी
साे समापन पश्ताप पुरस्कार वितरण कार्यक्रममा राजविराज कार्यवाहक नगरप्रमुख ईसरत परविन, तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ललन यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी बलका उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र नेपाल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, अन्तर्राष्ट्रिय खेलाडी महबुब आलम, आईसीसी प्यानल अम्पायर वृद्धि बहादुर प्रधान, उपाध्यक्ष निरज सिंह, संयोजक डम्बर नारायण दास, बिरेन्द्र यादव, धर्मेन्द्र चौधरी, फीरोज अहमद, इञ्जिनियर सञ्जीव नारायण यादव लगायतको उपस्थिति रहेको थियो।