राजकुमार पासवान ।
जनकपुरधाम, २९ असार । मधेश प्रदेश सरकारका उघाेग,वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरूलाई सीमानाकामा झन्झट नहोस् भन्दैँ मधेश प्रदेशका जिल्ला प्रशासनलाई पत्रचार गरेकाे हाे।

आइतबार हालै भारतसँगको खुला सीमाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूले सीमानाकामा सुरक्षा जाँचको नाममा अनावश्यक झन्झट तथा असहज व्यवहार भोग्नु परेको गुनासो प्राप्त भएपछि पर्यटन मन्त्री कुशवाहाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक सहजीकरण गर्न औपचारिक पत्रमा मन्त्री कुशवाहाले उल्लेख गरेका छन्, “पर्यटकप्रति मर्यादित र स्वागतयोग्य व्यवहार हुनुपर्छ। खुला सिमाना भएको अवस्थालाई ध्यानमा राखी पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने गरी सीमा क्षेत्रमै सहुलियत व्यवस्था गरिनुपर्छ।”
पर्यटकमैत्री व्यवस्था गरौं : मन्त्री कुशवाहाको आठ जिल्ला प्रशासनहरूलाई पत्र
सो पत्र गृह मन्त्रालय, सिंहदरवार काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश जनकपुरधाम र गृह, सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशलाई समेत जानकारीका लागि पठाइएको हाे ।
साे मन्त्री कुशवाहाको यो पहलले भारत नेपाल सम्बन्ध प्रगाढ बनाउने मात्र नभई मधेश प्रदेशको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने अपेक्षा गरिएको हाे।