राजकुमार पासवान ।
महुली (सप्तरी), २८ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले,भने-“पचास वर्षदेखि नभएका कामहरू अब तीव्र गतिमा अगाडि बढिरहेको बताए्,।

शनिबार सप्तरीको निर्वाचन क्षेत्र नं. १(क) अन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रदेश सरकारको बजेटबाट सञ्चालन गरिने पूर्वाधार विकास योजनाहरूका बक्धुवास्थित ‘राजाजी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को स्थलगत अवलोकन तथा छलफलका क्रममा मन्त्री लेखीले सो कुरा बताएका हो ।
अग्नीसाइर कृष्णासवरनमा ३५ वटा योजना प्रदेश सरकारको बजेटमार्फत कार्यान्वयनमा
उनले अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा प्रदेश सरकारको बजेटबाट हालसम्म जम्मा ३५ वटा विकास योजनाहरू मधेश प्रदेश सरकारको रातो किताबमा समावेश भएको जानकारी दिँदै सबै योजना जनताको जीवनस्तर सुधारमा लक्षित रहेको बताए। “अब जनताका काम तिव्र गतिमा हुनेछन्,” मन्त्री लेखीको भनाइ थियो ।
साे अवलाेकण अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. २ स्थित चाँदनी चोक, वडा नं. ३ को हरिहरपुर, मटिगढा, वडा नं. ४ को बतराही, बडगोरिया तथा वडा नं. ५ बक्धुवा र भिमार क्षेत्रको निरीक्षण गरेकाे हाे ।
सो गृह मन्त्री लेखीको आगमनमा वडा नं. ५ का वडाध्यक्ष हरि खंग, वडा सदस्य गयाराम चौधरी, अगुवा महिलाहरू नैना देवी मडर, लालमनी देवी चौधरी, आशा देवी चौधरीलगायतका स्थानीय प्रतिनिधि, जनप्रतिनिधिहरू,नेताकार्यकर्ता तथा सर्वसाधारणले स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
जनताको मागलाई प्राथमिकता दिइने गृहमन्त्री लेखीको प्रतिबद्धता
सो अवलोकणका क्रममा स्थानीय किसान तथा सर्वसाधारणले मन्त्री लेखीसामु कृषियोग्य जमिनमा ‘बोडिङ’ प्रणालीसहित सिँचाइ सुविधा, नदी नियन्त्रण तथा थप ट्रान्सफर्मर जडानको माग गर्दे बक्धुवा तथा धिमार क्षेत्रका किसानहरूले विशेष रूपमा यी विषयहरूमा तत्काल ध्यान दिन आग्रह गरेको हो ।
यता गृहमन्त्री लेखीले जनताको मागलाई प्राथमिकतामा राखेर योजनाहरू सञ्चालन गरिने विश्वास दिलाएका छन् ।
