राजकुमार पासवान ।
जनकपुरधाम, २६ असार। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च बजेट खर्च गर्दै कुल ७१.४८ प्रतिशत बजेट उपयोग गरेको हाे।
यो खर्च प्रदेश सरकारको संरचना आएयताकै सबैभन्दा धेरै हो। प्रदेश सरकारका अनुसार चालु तर्फ ६४.६४ प्रतिशत र पुँजीगत तर्फ ७५.१४ प्रतिशत बजेट खर्च भइसकेको छ।
सुशासन र दक्ष कार्यान्वयनतर्फ मधेश प्रदेश सरकारको सशक्त संकेत
प्रदेशको आर्थिक मामिला मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार असार २५ गते बुधबार राति १२ बजेसम्म कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बजेटमध्ये ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च भएको हो।

साे बुधबार बिहानसम्म २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाँ मात्र खर्च भएकोमा दिनभरिमा करिब ६ अर्ब ६६ करोड रुपैयाँ खर्च थपिएको हो।
यसले बजेट फ्रिज हुने समस्या कम हुँदै गएको संकेत दिएको हाे।
अघिल्ला आर्थिक वर्षहरूमा मधेश प्रदेशको बजेट खर्चको स्थिति तल उल्लेख गरिएको छ ।
साे आर्थिक बर्ष ०७५/०७६ मा ५१. ७५ प्रतिसत,आर्थिक बर्ष ०७६ /०७७ मा ४०. ६६ प्रतिसत, आर्थिक बर्ष ०७७/०७८ मा ६५ . ४६ प्रतिसत,आर्थिक बर्ष ०७८/०७९ मा ६३. ८३ प्रतिसत,आर्थिक बर्ष ०७९ /०८० मा ५७ . ३२ प्रतिसत,आर्थिक बर्ष ०८०/०८१ मा ५५ . ६४ प्रतिसत र आर्थिक बर्ष ०८१ /०८२ मा ७१ . ४८ प्रतिशत खर्च भएको हाे ।
साे मधेश प्रदेश सरकारमा बजेट खर्चमा देखिएको यो सुधारले प्रदेश सरकारको प्रशासनिक क्षमता र सुशासनमा सुधार आएको संकेत गर्दै आम नागरिकलाई प्रत्यक्षरूपमा लाभ पुग्ने अपेक्षा गरिएको हाे ।
