img

सप्तरी प्रिमियर लिग अन्तर्गत ‘राजविराज मेयर कप सिजन ७’ पुरुष क्रिकेट प्रतियोगिता असार २६ देखि सुरु हुने


राजकुमार पासवान ।
राजविराज (सप्तरी), २४ असार । नेपाल क्रिकेट संघ (क्यान) को निर्देशनमा आयोजना हुने सप्तरी प्रिमियर लिग (एसपीएल) अन्तर्गतको ‘राजविराज मेयर कप पुरुष क्रिकेट लिग–सिजन ७’ प्रतियोगिता आगामी असार २६ गतेदेखि सुरु हुने भएको छ । मेयर कप पुरुष क्रिकेट लिग–सिजन ७’ प्रतियोगिताकाे तालिका 

यो प्रतियोगिता खेलकुद तथा समाज कल्याण मन्त्रालय सामाजिक विकास इकाई राजविराज,सप्तरीको समन्वयमा सप्तरी क्रिकेट संघको आयोजनामा, राजविराज नगरपालिकाको सहयोग साथै नेपाल क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा सम्पन्न हुने छ।
यसअघि सम्पन्न राजविराज मेयर कप महिला प्रिमियर लिग–सिजन २ को सफलताले उत्साह थपेपछि, अब पुरुष क्रिकेट लिग सुरु हुन लागेको हो। प्रतियोगिता राजविराजस्थित पवि माविको खेल मैदानमा सञ्चालन हुनेछ।

सप्तरी प्रिमियर लिग: पुरुषतर्फको ‘राजविराज मेयर कप’ प्रतियोगिता तयारीमा

सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहनेछ। सहभागी टिमहरू यस्ता छन् ।
साे टिमहरु राजविराज राजदेबी रोयल्स,कंचनरुप राइनोज,रूपनी राइडर्स,खडक वारियर्स,राजगढ वारियर्स,हनुमाननगर हिरोज,तिरहुत टाइगर्स,रोयल च्यालेन्जर बरहीबिरपुर रहेका छन ।
साे प्रत्येक टिममा सप्तरी जिल्लाका कम्तीमा ९ जना अनिवार्य स्थानीय खेलाडी रहनेछन्, साथै २ जना राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका बाह्य खेलाडी राख्न अनुमति दिइनेछ।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइनेछ र टिमहरूलाई दुईवटा समूह (पुल) मा विभाजन गरी खेल तालिका तयार पारिने छ।
साे प्रतियोगिताका सबै खेलहरू मधेश प्रदेश क्रिकेट संघको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने स्कोर अपडेट क्रिकक्लव एपमार्फत अनलाइन हेर्न सकिनेछ।
स्थानीय क्रिकेट विकास र प्रतिभा पहिचानमा सघाउने उद्देश्यले आयोजना गरिने यो लिग सप्तरीको खेलकुद क्षेत्रमा उत्साहजनक योगदान हुने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस् ।