img

संघीयता आदिवासी आन्दोलनको प्रतिफल हो : गृहमन्त्री लेखी


राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी), २३ असार । मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री राजकुमार लेखीले संघीयता, समावेशिता र स्वायत्तताको ऐतिहासिक पृष्ठभूमि आदिवासी समुदायसँग जोडिएको उल्लेख गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी लगायत अन्य अतिथिगण ।

साेमबार कञ्चनरुप नगरपालिका–८ स्थित मिथिला होटल एण्ड पार्टी प्यालेसमा आयोजित प्रदेशस्तरीय आदिवासी जनजाति सम्मेलन २०८२ को उद्घाटन गर्दै मन्त्री लेखीले, “सयौं राजनीतिक नियुक्ति हुँदा केही भन्न नसक्नेहरू एक जना दलित र एक जना थारू समुदायका युवालाई नियुक्त गर्दा टाउको दुखाएको देखिन्छ,” भन्ने धारणा राखे।
राष्ट्रिय स्वालम्बन समाज सप्तरीको आयोजना तथा शिक्षा तथा संस्कृति मन्त्रालयको सहकार्यमा सम्पन्न कार्यक्रममा मन्त्री लेखीले समावेशी नियुक्तिप्रति केही केन्द्रीकृत सोच भएका नेताहरूले अनावश्यक विरोध गर्ने गरेको बताएका हाे।

केन्द्रिकृत सोचका कारण समावेशी नियुक्तिमा असहजता : गृहमन्त्री लेखी

वहाँले भने, “२००३ सालदेखि नै आदिवासी जनजातिले संघीयताको माग गर्दै ज्ञापनपत्र बुझाएको ऐतिहासिक दस्तावेज हामीसँग छ। संघीयता आदिवासी आन्दोलनको प्रतिफल हो।”
गृहमन्त्री लेखीले आफ्नो नेतृत्वमा सञ्चालित आन्दोलनबाट प्राप्त उपलब्धिहरूको सम्मान गर्न समावेशी मर्म अनुसार नियुक्ति गरेको बताए। “बिरोध गर्नेहरूबाट म डराउँदिन, यो झन उर्जा दिने काम हो,” उनले भने।

प्रदेशमा समावेशी नियुक्ति गर्दा केही नेताको टाउको दुख्छ : गृहमन्त्री लेखी

साे कार्यक्रममा मिडिया काउन्सिलका मधेश प्रदेशका कार्यवाहक  अध्यक्ष सुरेश कुमार यादव,चलचित्र तथा लोकसञ्चार प्रबर्द्धन बोर्ड मधेश प्रदेशका अध्यक्ष किशोर कुमार लेखी,नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटा,कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, पुर्व नगरप्रमुख एवं एमालेका मधेस कमिटी सदस्य बसन्त कुमार मिश्र लगायत सम्मेलनमा विशिष्ट अतिथि रहेका थिए ।

समावेशी नियुक्तिमा विश्वास गर्छु, विरोधले झन् ऊर्जा दिन्छ : मन्त्री लेखी”

साे प्रदेश स्तरीय सम्मेलनमा राष्ट्रिय स्वालम्बन बिकास  समाजका अध्यक्ष माधब चौधरीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्थानिय जनप्रतिनिधी,जातिय संस्था हरुका प्रतिनिधि लगायतको उपस्थिती रहेको छ।
साे कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जातीय संस्थाका प्रतिनिधि तथा समाजिक अगुवाहरूको समेत सहभागिता रहेको हाे ।


प्रतिक्रिया दिनुहोस् ।