राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी),२० असार । सप्तरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले जनताले आफूलाई कानून निर्माण र क्षेत्र,जिल्ला र देशको विकासका लागि जिम्मेवारी दिएका बताएका हाे।

शुक्रबार कञ्चनरुप नगरपालिका वडा नं. ६ स्थित महेन्द्र जनता माध्यमिक विद्यालय, सितापुरमा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै मन्त्री साहले जनताले दिएको मतका लागि आभार व्यक्त गर्दै विकास निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेकाे हाे ।
कञ्चनरुपको सितापुरमा मन्त्री साहद्वारा बजेट सार्वजनिक, जनतालाई धन्यवाद
साे स्वागत कार्यक्रममा मन्त्री साहले भने,- “तपाईंहरूले मत दिनुभयो, मलाई सांसद बनाउनु भयो, मन्त्री बनाउनु भयो, त्यसका लागि धन्यवाद। तर म भन्न चाहन्छु बजेट मेरो घरको पैसा होइन, म व्यक्तिगत रूपमा ल्याएर दिएको पनि होइन। यो तपाईंहरूको नै अधिकार हो। म तपाईंहरूको सेवक हुँ मन्त्री भने,।”

साे कार्यक्रममा मन्त्री साहले संसदीय कोष तथा मन्त्रालय र मातहत निकायमार्फत यस क्षेत्रको विकासका लागि विनियोजित बजेटबारे जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा दिने प्रतिवद्धता जनाए।
क्षेत्र विकासमा मन्त्री साह समर्पित : सामाजिक अभियन्ता भोला पासवान
साे कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी तथा सामाजिक अभियन्ता भोला पासवानले मन्त्री साह क्षेत्र विकासप्रति समर्पित रहेको बताए। उनले महेन्द्र जनता माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
साे स्वागत कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष बच्चुलाल चौधरी तथा एमालेका नेता तथा स्थानीय समाजसेवी मोहम्मद कलिमले स्थानीय पौँडा खोलाको पुर्ण नियन्त्रणमा जोड दिन आग्रह गरेकाे हाे ।
पौँडा खोला पुर्ण नियन्त्रणमा ध्यान दिन स्थानीयको माग
साे स्वागत कार्यक्रम विद्यालय प्रधानाध्यापक माेहम्मद सलिमकाे सभापतित्व एवम् शिक्षक रमेश तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए । साे स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको हाे।