img

एडिवीको ऋण नलिने निर्णय : नगर प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्रीलाई पठाए पत्र


धरान,१९ असार । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङले आगामी दिनमा एशियाली विकास बैंक (एडिवी) को ऋण नलिने निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई औपचारिक पत्र पठाएकाे हाे।

नगर प्रमुख साम्पाङले एशियाली विकास बैंक (एडिवी) को ऋण नलिने भन्दै सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई औपचारिक पत्र ।

बिहीबार पत्रमा नगर प्रमुख साम्पाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि विगतमा पटक–पटक खानेपानी मन्त्रालयसँग समन्वय गर्दै सप्तकोशीको पानी धरानमा ल्याउने प्रस्तावसहित पहल गरिएको स्मरण गराएकाे हाे।

विदेशी ऋण होइन, आफ्नै स्रोत”: धरानको खानेपानी योजनामा मेयर साम्पाङको अडान

नगर प्रमुख आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारले रू. ४ करोडको बजेट विनियोजन गरेको जानकारी प्राप्त भए पनि बाँकी आवश्यक रकम विदेशी ऋणमार्फत ल्याउने तयारी भइरहेको सुन्नमा आएको हाे ।, जुन उचित होइन भनेका छन्।

धरानका मेयरको स्पष्ट सन्देश: पुरानो ऋण नतिरी नयाँ ऋण लिने पक्षमा छैनौं

देशलाई विदेशी ऋणको भारी थोपर्नु दीर्घकालीन रूपमा हितकारी हुँदैन,” पत्रमा भनिएको छ, “धरान उपमहानगरपालिकाले अघिल्लो पटक लिएको एडिवीको ऋण अझै तिर्न बाँकी नै छ।”
साे मेयर साम्पाङले आफूहरू राष्ट्रिय स्रोत साधन प्रयोग गरेर मात्र योजनाहरू अघि बढाउने पक्षमा रहेको स्पष्ट पारेका छन्। अन्यथा, स्थानीय तहले आफ्नै प्रयासमा खोला–खोल्सीको पानी जोडेर समस्याको समाधान गर्ने जानकारी पनि पत्रमा उल्लेख गरिएको छ।

एडिवी ऋण बोकेर देशलाई नझुकाऔं: मेयर हर्क साम्पाङको चेतावनी

उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, तथा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पठाइएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।