img

कञ्चनरुपमा सिटिजन्स बैंकद्वारा एक विद्यालयमा १० थान पंखा हस्तान्तरण


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), १८ असार। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कञ्चनरुप शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चनरुप नगरपालिकाका एक विद्यालयमा १० थान पंखा हस्तान्तरण गरेको हाे ।

कञ्चनरुप नगरपालिका–४ स्थित राष्ट्रिय आधारभूत विद्यालयका बिधार्थीहरु उत्साहित ।

बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.४ स्थित राष्ट्रिय आधारभूत विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रम बीच विद्यालयका प्रधानाध्यापक रामनारायण साहलाई १० थान पंखा हस्तान्तरण गरिएको हो। कार्यक्रममा सिटिजन्स बैंक लिमिटेड मधेश प्रदेश इलाका नं. १ का प्रमुख प्रकाश नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थी र शिक्षकलाई सहज र शीतल वातावरण प्रदान गर्ने उद्देश्यले पंखा सहयोग गरिएको जानकारी दिनुभएकाे हाे ।

विद्यार्थीको सहजताका लागि सिटिजन्स बैंकको पंखा हस्तान्तरण : मधेश प्रदेश इलाका नं. १ का प्रमुख प्रकाश नेपाल

त्यसैगरी शाखा प्रबन्धक पारस चौधरीले गर्मीयाममा विद्यार्थीहरूको सिकाइमा सहजता ल्याउन पंखा सहयोग गरिएको बताउनु भएको हाे। “सामाजिक उत्तरदायित्व अन्तरगत सिटिजन्स बैंकले समय समयमा यस्ता उदाहरणीय कार्यहरू गर्दै आएको छ,” बैंकमा कार्यरत कर्मचारी जीवन यादवले बताए।
साे कार्यक्रममा सिटिजन्स बैंक कञ्चनरुप शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस् ।