img

कञ्चनरुप नगरपालिकामा ज्ञापनपत्रको सुनुवाइ नभएको भन्दै जनमतको चेतावनी


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनरुप (सप्तरी), १५ असार । जनमत पार्टीले कञ्चनरुप नगरपालिकाले बुझाइएको ज्ञापनपत्रप्रति निरन्तर बेवास्ता देखाएको आरोप लगाउँदै गम्भीर असन्तोष व्यक्त गरेको हाे।

जनमत पार्टीले कञ्चनरुप नगरपालिकामा ज्ञापनपत्रको सुनुवाइ नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाउदैं ।

जनमत पार्टीले नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले ज्ञापन बुझाएको १० दिन बितिसक्दा पनि कुनै औपचारिक प्रतिक्रिया नदिएकोप्रति आपत्ति जनाइएको हो।
गत असार ४ गते बुधबार जनमत पार्टीका नगर अध्यक्ष मनोज कुमार शाहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल जसमा केन्द्रीय सदस्य शिवनन्दन कुशवाहा, उप–मेयर पदकी उम्मेदवार सम्झना राणा मगर चौधरी, मुकेश मैरता र विदयानन्द सिंहलगायत सहभागी थिए । जनमत पार्टीले नगरपालिकालाई १० बुँदे ज्ञापनपत्र बुझाएको थियो। तर अहिलेसम्म न नगर प्रमुख न त प्रमुख प्रशासकीय अधिकृतबाट कुनै औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन।

जनमत पार्टीका नगर युवा अध्यक्ष मोहम्मद कालूले,भने- प्रमुख प्रशासकीय अधिकृत खड्काले असार १६ गते साँझ ४ बजेसम्म १० मध्ये ९ बुँदामा लिखित जवाफ दिने प्रतिबद्धता जनाए पनि त्यसअघि नगरपालिकाको मौनता अस्वीकार्य रहेको बताइएको हाे ।

साे ज्ञापनपत्रमा उल्लेख गरिएका मुद्दामध्ये एक महत्वपूर्ण विषय कञ्चनपुर नगर अस्पतालमा केही वर्षअघि उपचारको क्रममा मृत्यु भएका ओमप्रकाश खङ्गका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा थियो। यस विषयमा नगर प्रमुख गुप्ता र प्रशासकीय अधिकृत खड्काले सर्वदलीय बैठक तथा कार्यपालिकाको निर्णयपछि मात्रै कारबाही अघि बढाइने बताएका थिए।

जनताको मागमा ढिलासुस्ती : जनमतको आन्दोलनको संकेत

साे जनमत पार्टीले नगरपालिका प्रशासनको ढिलासुस्ती, असंवेदनशीलता र जवाफदेहिताको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै छिटो निर्णय गरी जनतालाई स्पष्ट जवाफ दिन माग गरेको छ। पार्टीले मागहरूमा शीघ्र सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया दिनुहोस् ।