img

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा वृक्षारोपण महाअभियानको शुभारम्भ


अपूर्व न्यूज समाचारदाता।
जनकपुरधाम, १४ असार । मधेश प्रदेश सरकारले ‘राष्ट्रिय वृक्षारोपण दिवस’को अवसरमा पर्यावरण संरक्षणको सन्देशसहित मुख्यमन्त्री सतिश कुमार सिंहले वृक्षारोपण अभियान उद्घाटन गरेको हाे।

मधेश प्रदेशका ख्यमन्त्री सतिश कुमार सिंहले वृक्षारोपण अभियान उद्घाटन कार्यक्रममा अन्य अतिथिगण ।

शनिबार प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालयको आयोजनामा जनकपुरदेखि ढल्केवरसम्म वृक्षारोपण कार्यक्रमको भव्य शुभारम्भ भएको हो।
साे मुख्यमन्त्री सिंहले जनकपुरधामबाट कार्यक्रमको उद्घाटन गर्दै वृक्षारोपण मात्र वातावरण संरक्षणको आधार नभई भावी पुस्ताका लागि दीर्घकालीन सम्पत्ति भएको बताउनुभएकाे हाे । उहाँले मधेश प्रदेशलाई हरियालीयुक्त र दिगो विकासतर्फ उन्मुख गराउने उद्देश्यले वृक्षारोपण अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गर्नुभएकाे हाे।

आज राष्ट्रिय वृक्षारोपण दिवस’को अवसरमा जनकपुरधामबाट कार्यक्रमको मधेश प्रदेशका मुख्यमन्त्री सिंहले वृक्षारोपण उद्घाटन गर्दै ।

कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालय, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, समुदायका अगुवा, युवा तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता देखिएको हाे।

हरित मधेश’ अभियानअन्तर्गत वृक्षारोपण प्रारम्भ

साे मुख्यमन्त्री सिंहले जनकपुरदेखि ढल्केवर मार्गभरि वृक्ष रोप्दै वातावरणीय सन्तुलन कायम राख्न सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। उहाँले प्रदेश सरकारको लक्ष्य “हरित मधेश, स्वच्छ मधेश” बनाउनु रहेको उल्लेख गर्नुभएकाे हाे।
यस अभियानमार्फत हजारौं विरुवा रोपिने लक्ष्य रहेको छ। वृक्षारोपणसँगै संरक्षण तथा नियमित निगरानीका लागि स्थानीय तह र समुदायलाई समेत जिम्मेवारी दिइएको हाे।


प्रतिक्रिया दिनुहोस् ।