राजकुमार पासवान ।
जनकपुरधाम, ११ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्र आफैं अनुशासित, व्यवस्थित र मर्यादित बन्न जरुरी रहेको बताएकाे हाे ।

बुधबारदेखि आमसञ्चार प्राधिकरण,जनकपुरधामद्वारा मधेश प्रदेशमा दर्ता भएका अनलाइनका सम्पादकहरुका लागि समाचार लेखन एवम् सम्पादन सम्बन्धी तीन दिने अभिमुखिकरण सम्बन्धी कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट साे कुरा बताएको हाे ।
गृहमन्त्री लेखीले भने-सञ्चार क्षेत्र आफैं अनुशासित, व्यवस्थित र मर्यादित बन्ने हो भने मात्र नागरिकमा विश्वास जागृत हुन्छ,” “नागरिकको हितलाई ध्यानमा राखेर सञ्चार प्रवाह गरेमा मात्र त्यसले प्रभाव पार्न सक्छ।”
गणतन्त्रपछि पनि अधिकारविहीन प्रदेश : मन्त्री लेखीको गुनासो
साे कार्यक्रममा गृहमन्त्री लेखीले गणतन्त्र आएपछि पनि प्रदेश सरकारले आवश्यक स्रोत, साधन र प्रशासनिक अधिकार नपाएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “विना स्रोतसाधन, विना प्रहरी प्रशासन सरकार कसरी चलाउने? संघीयता भनेको अधिकारसहितको व्यवस्था हो, तर अहिलेका प्रदेशहरू अधिकारसम्पन्न छैनन्।”
त्यसैगरी, सहिदहरूको सम्मानका लागि ‘मधेश सहिद प्रतिष्ठान ऐन’को तयारी भइरहेको उल्लेख गर्दै उहाँले ऐन चाँडै प्रदेश सभाबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो।
मधेश सहिद प्रतिष्ठान ऐन चाँडै संसदमा : मन्त्री लेखी”
साे अनलाइन सम्पादकहरूलाई लेखन र सम्पादन सम्बन्धी तीन दिने अभिमुखिकरण कार्यक्रमको उद्देश्य अनलाइन सम्पादकहरूलाई समाचार लेखन र सम्पादन सम्बन्धी सीप अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएकाे हाे ।

साे मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत आमसञ्चार प्राधिकरण, जनकपुरधामद्वारा अनलाइन सञ्चार माध्यमका सम्पादकहरूलाई लक्षित गरी तीन दिने अभिमुखिकरण कार्यक्रम मिथिला विहारी नगरपालिका वडा नं.२ स्थित कल्चर भिलेज रिसोर्टमा सञ्चालन गरिएको हाे ।
साे आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले कार्यक्रम सञ्चार क्षेत्रको स्तरीकरणका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत प्रसन्न कर्ण, चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर लेखी, मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, मिडिया काउन्सिल सदस्य सुरेश यादवलगायतका विशिष्ट व्यक्तित्वहरूले आ–आफ्ना सान्दर्भिक धारणा राखेका थिए।