img

कलाकार कलकतियाबालीकी श्रीमती अँसा सदा मृत अवस्थामा फेला


अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, १० असार। चर्चित कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी छिन्।

चर्चित कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’ र पत्नी अँसा सदा आफ्नै निवास ।

साे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं.१२ र २० को सीमावर्ती क्षेत्र, नोचा पोखरी नजिकको नोचापुरमा रहेको उनीहरूको घरमै सोमबार राति अँसा सदा मृत अवस्थामा फेला परेकी हुन्। घटना स्थलमा अहिले प्रहरीको टोली उपस्थित रही अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

गृह प्रवेशपछि खुसी देखिएको जोडीमा त्रासदी, अँसा सदा मृत फेला

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदा गृह प्रवेशको अवसरमा पूजा आजा गर्दै सामाजिक सञ्जालमा खुसीसाथ प्रस्तुत भएका थिए। विवाह पश्चात् पहिलो पटक घर प्रवेश गरेका उनीहरूको जोडीले धेरैको ध्यान आकर्षित गरेको थियो।

चर्चित कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’

साे धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार घटना सोमबार रातिको हो र प्रारम्भिक अनुसन्धानका आधारमा आत्महत्या गरेको आशंका गरिएको छ। तर माईती पक्ष नआएकाले कानुनी प्रक्रिया अघि बढाउन ढिलाइ भएको जानकारी उनले दिएका छन्।
“माईती पक्ष आएपछि मात्र शवको पोष्टमार्टम प्रक्रिया अघि बढ्नेछ,” सिंहले जानकारी दिए। उनका अनुसार, पोष्टमार्टम र अन्य प्रमाणिकरण बिना घटनाको कारणबारे यकिन भन्न सकिने अवस्था छैन।

जनकपुरमा कलाकार अभिनास झा(कलकतियाबाली) को पत्नीको रहस्यमय मृत्यु, अनुसन्धान तीव्र

साे घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ भने कलाकार अभिनास झा हाल विचलित अवस्थामा रहेका कारण स्पष्ट धारणा दिन नसकेको प्रहरीले जनाएको छ।
साे प्रहरीले घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाएको छ र मृतकको वास्तविक मृत्युको कारण पत्ता लगाउन आवश्यक प्रमाण संकलन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस् ।