अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी),१० असार । सप्तरीको कञ्चनरुप नगरपालिका–३ तक्मा टोलका ७३ वर्षीय मोहन साह सोमबार बिहान आफ्नै गाईगोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकाे हाे ।
साे प्रहरीका अनुसार मृतक साह धुर्तेली साहका छोरा हुन्। आज बिहान करिब ०३:३० बजे आफ्नै टिनको छानो भएको गोठभित्र काठको बलोमा नाइलनको डोरी प्रयोग गरी पासो लगाएर झुण्डिएको अवस्थामा उनी फेला परेको जानकारी आएको हाे ।
७३ वर्षीय मोहन साह गोठमा झुण्डिएको अवस्थामा मृत फेला
साे घटनाबारे ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा बिहान ०४:३० बजे सूचना प्राप्त हुनासाथ प्रहरीको टोली खटिएको थियो। टोलीले घटनास्थल पुगेर आवश्यक सुरक्षात्मक उपाय अपनाउँदै प्रारम्भिक अनुसन्धान प्रारम्भ गरेको छ।
हाल घटनास्थलको मचुल्का कार्य सम्पन्न गरी मृतकको शवलाई पोष्टमार्टमका लागि गणेशमान सिंह अस्पताल, राजविराज पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
कञ्चनरुपकाे तक्मा टोलमा वृद्धको झुण्डिएको अवस्थामा शव फेला
साे घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हाे।