img

औरहीमा ब्युटिसियन तालिम समापन: ४० महिलाको सशक्तिकरणतर्फ महत्वपूर्ण कदम


अपूर्व न्यूज समाचारदाता ।
औरही(धनुषा),१० असार । सरिता फाउन्डेसनको आयोजनामा सञ्चालित “ब्युटिसियन तालिम कार्यक्रम” को समापन समारोह साेमबार भव्य र सफलतापूर्वक सम्पन्न भएको हाे।

ब्युटिसियन तालिमकाे समापन कार्यक्रममा औरही नगरपालिकाका उप–मेयर रेनु झा लगायत अन्य अतिथिगण ।

साे समारोहमा औरही नगरपालिकाका उप–मेयर रेनु झा प्रमुख अतिथिका रूपमा तथा प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

महिलाको आत्मनिर्भरता अभिवृद्धि गर्न ब्युटिसियन तालिम सफलतापूर्वक सम्पन्न

त्यसैगरी कार्यक्रममा औरही नगरपालिकाका वडा नं. १ का अध्यक्ष योगि चौधरी,वडा नं. २ का अध्यक्ष दरेश यादव,वडा नं. ३ का अध्यक्ष रामकेवल यादव,वडा नं. ७ का अध्यक्ष जितेन्द्र यादव र वडा नं. ९ का अध्यक्ष रघुनन्दन चौधरी उपस्थित रहेको हाे ।

ब्युटिसियन तालिमकाे समापन कार्यक्रममा औरही नगरपालिकाका उप–मेयर रेनु झाले सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै ।

त्यस्तै पत्रकार मनिका झा, गोविन्द महतो र फुल्गेन मगही लगायत अन्य व्यत्तहरु कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको हाे।
साे ४० जना महिलाहरूको सक्रिय सहभागितासहित सम्पन्न तालिममार्फत सहभागीहरूमा आत्मनिर्भरता र सशक्तिकरणतर्फको अग्रसरता झल्किएको सरिता फाउन्डेसनले बताएकाे हाे।

सरिता फाउन्डेसनद्वारा सञ्चालित ब्युटिसियन तालिम भव्य रूपमा सम्पन्न

साे सरिता फाउन्डेसन र औरही नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको तालिम कार्यक्रम सामाजिक परिवर्तन र महिलाको आर्थिक सशक्तिकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
साे ब्युटिसियन तालिम कार्यक्रमलाई सफल बनाउन साथ दिने सम्पूर्ण सहयोगी निकाय, अतिथि तथा सहभागीप्रति सरिता फाउन्डेसन सरिता साहले हार्दिक आभार व्यक्त गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस् ।