अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),१ असार । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले,भने- गुणस्तरीय शिक्षाका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।
आइतबार कञ्चनरुप नगरपालिकाकाे आयाेजनामा तथा सरुन मिडिया प्रा.लि., काठमाडौंले सहजीकरणमा “मेयरसँग शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया” मा साे कुरा बताएको हाे ।

साे कार्यक्रममा नगरप्रमुख गुप्ताले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धिका लागि शिक्षक स्वयंले आत्मसमीक्षा गर्दै शिक्षणमा समर्पित हुनुपर्ने धारणा व्यक्त गरे। उनले भने, “राम्रो कार्य गर्ने शिक्षकलाई पुरस्कृत गर्ने भने, जिम्मेवारीमा चुक्ने शिक्षकलाई दण्डित गर्ने व्यवस्था नगर शिक्षा समितिमार्फत लागू गरिनेछ।
कञ्चनरुपमा मेयर, शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
” साथै नगर प्रमुख गुप्ताले सबै विद्यालयलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै विद्यालय प्रमुखहरूलाई गुणस्तरीय शिक्षा, भौतिक संरचना तथा आवश्यक योजनाहरूका लागि समयमै बजेट माग गर्न आह्वान गरेकाे हाे।
साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले नगरपालिकामा कर्मचारी अभाव रहेकोले शिक्षा शाखामा विभिन्न चुनौती देखा परेको बताए। उनले भने, “सिमित स्रोत र साधनबीच गुणस्तरीय शिक्षा दिन कठिन भए पनि सबै पक्षको समन्वयले मात्र सुधार सम्भव छ।” साथै अधिकृत खड्काले,भने- विघमान अबस्थामा विद्यालयहरू गाभ्ने (मर्ज) गरी स्रोत केन्द्रित गर्दै व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै विषयगत तथा कक्षागत शिक्षक दरबन्दी विद्यार्थी संख्या अनुसार नभई आवश्यकताअनुसार मिलाउनुपर्नेमा पनि जोड दिए।
राम्रो शिक्षकलाई पुरस्कार, लापरवाह शिक्षकलाई कारबाही गरिने : मेयर गुप्ता
साे कार्यक्रममा अनुरोध मिडिया प्रा.लि.का अध्यक्ष एवं अभिभावक राजकुमार पासवानले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ का धेरै विद्यार्थीहरू अझै पनि आफ्नो नाम,ठेगाना र विघालयकाे नाम सही तरिकाले लेख्न नसक्ने अवस्थालाई गम्भीर रूपमा लिँदै शिक्षकहरूको कर्तव्यप्रति प्रश्न उठाए। उनले भने, “शिक्षकहरूले जिम्मेवारीबोधसहित अध्यापनमा लाग्न आवश्यक छ। सामाजिक सञ्जालमा व्यस्त हुने प्रवृत्ति बन्द गरिनुपर्छ। दक्ष शिक्षकहरू भए पनि उनीहरूले पठनपाठनप्रति समर्पण देखाउनु आवश्यक छ।”
साे कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयमा विद्यमान समस्या, सेवा–सुविधाको अभाव, शिक्षकको संख्या, भौतिक संरचनाको अभाव लगायतका विषयमा नगर प्रमुखसमक्ष मागहरू राखेका थिए।
शिक्षक सामाजिक सञ्जालमा, विद्यार्थी नाम लेख्न असमर्थ : सञ्चारकर्मी एवम् अभिभावक पासवानको गुनासो
साे कार्यक्रममा सर्वोदय माध्यमिक विद्यालयका प्र.अ. तारानन्द मल्लिक, राष्ट्रिय माध्यमिक विद्यालय बलुवा घाेघनपुरका प्र.अ. मो. सलिम लगायत नगरभित्रका प्रारम्भिक, निम्न माध्यमिक तथा माध्यमिक विद्यालयका प्रमुखहरूले विद्यालय सुधारका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिए। साे कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रेम चौधरीले अतिथिहरूलाई स्वागत गर्दै शिक्षा क्षेत्रमा सुधारका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। साे कार्यक्रम सहजीकरण सरुन मिडिया प्रा.लि.का मात्रिका सुवेदीले गरेका थिए।
विद्यालय गाभेर सञ्चालन गर्ने सुझाव, विषयगत शिक्षक दरबन्दीमा जोड
साे कार्यक्रममा विद्यालय प्रमुख, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रमले नगरमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि सबै पक्ष एकजुट भई अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ।