img

प्रचण्ड अस्थिरताको प्रतीक र मानसिक रूपमा विचलित व्यक्ति हुन् : एमाले नेता सुमनराज प्याकुरेल


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), ३१ जेष्ठ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य सुमनराज प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको राजनीतिमा अस्थिरताको प्रतीकका रूपमा चित्रण गर्दै ती मानसिक रूपमा विचलित व्यक्ति भएको आरोप लगाएकाे हाे।

कञ्चनरुपमा नगर एमालेको विस्तारित बैठक सम्पन्न

शनिबार कञ्चनपुरस्थित कञ्चनरुप नगरमा आयोजित एमालेको नगरस्तरीय विस्तारित बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्याकुरेलले प्रचण्डमाथि कडा टिप्पणी गरे। उनले भने, “राजनीतिमा निरन्तर अस्थिरता सिर्जना गर्ने, निर्णयहरूमा अलमल देखाउने र नीति र दृष्टिकोणविहीन ढंगले अघि बढ्ने प्रचण्ड मानसिक रूपमा राजनीतिक विचलनको अवस्थाबाट गुज्रिरहेका छन्।”

आज कञ्चनरुपमा नगरस्तरीय एमालेको विस्तारित बैठक सम्पन्न, केन्द्र र प्रदेश नेताहरूको उपस्थिति

राष्ट्रिय सभाका पूर्व सदस्य प्याकुरेलले बैठकमा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई जनतामुखी काममा सक्रिय रहन आग्रह गर्दै पार्टी अनुशासन, नीति र पद्धतिप्रति दृढ रहन निर्देशन दिए। उनले स्पष्ट रूपमा भने, “पार्टीको नीति–नियम नमानेर पार्टीभित्र बसेर नैतिक क्षति पुर्‍याउनु भन्दा बाहिरिनु नै उचित हुन्छ।”
उनले विकास निर्माण कार्यको अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै हरेक गाउँ, टोल र घर वरिपरि भइरहेका योजनाको गुणस्तरमा निगरानी गर्न र गम्भीर त्रुटि देखिए खबरदारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए।

पार्टी अनुशासन नमान्नेले एमाले छोड्नु नै उपयुक्त :  राष्ट्रिय सभाका पूर्व सदस्य प्याकुरेल

बैठकमा एमाले केन्द्रिय सदस्य सरिता गिरी यादव, प्रदेश कमिटी सदस्य आसरा चौधरी, बसन्त कुमार मिश्र, कलिम मियाँ र कल्पना चाैधरी लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय समसामयिक विषयमा पनि छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस् ।