img

सप्तरी निर्वाचन क्षेत्र नं.१ मा संघीय सरकारको २१ करोड बजेट, शिक्षा र पूर्वाधारलाई प्राथमिकता


अपूर्व न्यूज समाचारादाता ।
कञ्चनपुर(सप्तरी), २६  जेष्ठ ।  संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सप्तरी क्षेत्र नं. १ मा करिब २१ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हाे।

भोला पासवानको सक्रियतामा कञ्चनरुपलाई सर्वाधिक बजेट विनियोजन

यस क्षेत्रअन्तर्गतका पाँच स्थानीय तहमा शिक्षा, भौतिक पूर्वाधार, महिला सशक्तीकरण, नदी नियन्त्रण, सुरक्षित आवासलगायतका विकास आयोजनाहरूका लागि विभिन्न मन्त्रालयमार्फत बजेट छुट्याइएको हो।
साे सबैभन्दा बढी ७ करोड ५५ लाख रुपैयाँ कञ्चनरुप नगरपालिकाका लागि विनियोजन गरिएको छ। यो नगरपालिकामा बजेट आकर्षित गर्न हालै सम्पन्न स्थानीय निर्वाचनका मेयर पदका उम्मेदवार भोला पासवानको सक्रिय भूमिका निर्णायक बनेको देखिन्छ।

संघीय सरकारद्वारा सप्तरीका ५ स्थानीय तहमा बजेट वितरण, विकास योजनाहरू अघि बढ्दै

साे मेयर पदका प्रत्यासी पासवानले आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाहरूलाई प्राथमिकतामा राख्दै संघीय सांसद तथा मन्त्रीहरूसँग निरन्तर समन्वय गर्दै आएका थिए। यसैको परिणामस्वरूप कञ्चनरुपमा वन तथा वातावरण मन्त्रालयबाट ३ करोड रुपैयाँ र सहरी विकास मन्त्रालयबाट दुई विद्यालयका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ।

कञ्चनरुपमा वन र शिक्षा क्षेत्रका लागि विशेष बजेट, विद्यालय भवन निर्माण तीव्र

ती विद्यालय भवनहरू हाल निर्माणको चरणमा छन्।
मेयर पदका प्रत्यासी पासवानकाे पहलमा मात्रै नभई योजनाहरूको स्पष्टता र जनहितप्रति प्रतिबद्धताले पनि बजेट विनियोजनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको स्थानीय स्रोतहरू बताउँछन्।अन्य स्थानीय तहहरूमध्ये हनुमाननगर कंकालिनी नगरपालिकामा ६ करोड, सप्तकोसी नगरपालिकामा ३ करोड ६५ लाख, तिरहुत गाउँपालिकामा ३ करोड २२ लाख, र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा १ करोड ३८ लाख रुपैयाँ बजेट परेको छ।

भोला पासवानले मन्त्री साहलाई धन्यवाद दिँदै भने, “हामीले विकासका विषयमा राखेका मागलाई गम्भीरतापूर्वक सुनेर संघीय बजेटमार्फत कार्यक्रम पारित गरिदिनुभएकोमा मन्त्रीज्यूप्रति आभारी छौं।

कञ्चनरुप नगरका जनताको हितमा यो ठूलो सफलता हो।”
यो बजेट मुख्यतः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयबाट विनियोजन भएको हो। अन्य मन्त्रालयहरूबाट थप बजेट आउने तयारीमा रहेको जानकारी स्रोतहरूले दिएका छन्।


प्रतिक्रिया दिनुहोस् ।