img

अवधेशकुमार झाको अध्यक्षतामा २१ सदस्यीय प्रेस जनमत संघ तदर्थ समिति गठन


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, २५ जेष्ठ । संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति आस्था राख्ने पत्रकारहरूको साझा संगठनका रूपमा प्रेस जनमत संघ गठन गरिएको छ । जनमत पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार २१ सदस्यीय प्रेस जनमत संघ केन्द्रीय तदर्थ समिति गठन गरिएको हो ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के.राउतले आज जारी गरिएको पार्टीको आधिकारिक प्रेस संगठनका रूपमा स्थापना गरिएको प्रेस जनमत संघ गठनको नामावली ।

आइतबार पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले उक्त संगठन पार्टीको आधिकारिक प्रेस संगठनका रूपमा स्थापना गरिएको घोषणा गरेका छन्।

नवनिर्मित प्रेस जनमत संघ को केन्द्रीय अध्यक्षमा अवधेशकुमार झा (सप्तरी), केन्द्रीय सह–अध्यक्षमा रामनारायण विश्वास र केन्द्रीय सचिवमा ललनकुमार मण्डल (महोत्तरी) चयन गरिएको छ।

संघीयता र लोकतन्त्रप्रति प्रतिबद्ध पत्रकारहरूको संगठन प्रेस जनमत संघ गठन

प्रेस जनमत संघको केन्द्रीय सदस्यहरुमा जितेन्द्र खड्गा,मनोज मरबैता(धनुषा),बिजयकुमार साह(धनुषा),सुमित मिश्र(धनुषा),अनिल पाण्डे(बारा),केशव लुइँटेल(काठमाडौं),शम्भु पण्डित(धनुषा),शेख मोजिबुल्लाह(रौतहट),मुना ठाकुर(पर्सा),संजय यादव(धनुषा),श्यामल कुमार गिरी(बारा)बिजेन्द्रकुमार चौधरी(बारा),विरेन्द्रकुमार साह(सिराहा),चन्दन रजक(सप्तरी),चन्दन रौनियार(सुनसरी),भोगेन्द्र साह(सिरहा)श्रीमती विमला कुमारी(सिराहा) र रिना कुमारी केसी(सिराहा) रहेका छन ।


प्रतिक्रिया दिनुहोस् ।