img

कञ्चनरुपको विकासका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री साहद्वारा ६ करोडको बजेट विनियोजन


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), १५ जेष्ठ । कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी भोला पासवानले सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहलाई नगर विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विशेष धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह,कञ्चनरुप नगरपालिकाका प्रत्यासी मेयर पदका उम्मेदवार भोला पासवान र वडा नं.१ का वडा अध्यक्ष रब्बान खानसहित अन्य अतिथिगण ।

कञ्चनरुप नगरपालिकाका मेयर प्रत्यासी पासवानका अनुसार सांसद साहको दूरदृष्टि, समझदारी र नेतृत्वमा कञ्चनरुप नगरपालिकाका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा शहरी विकास मन्त्रालयमार्फत ६ करोड रुपैयाँ बजेट विनियोजन भएको हो ।

घोघनपुर वडा नं.६ विद्यालयमा र वडा नं. २ विद्यालयमा भवन र कब्रिस्तान निर्माणका लागि तीन–तीन करोड बजेट

सांसदले पाएका १५ करोड रुपैयाँ बराबरका योजनामध्ये समावेशी विकास दृष्टिकोण अनुरूप कञ्चनरुप नगरपालिकाका लागि दुई महत्वपूर्ण योजना पारित गरिएको उम्मेदवार पासवानले बताए ।
जस मध्ये महेन्द्र जनता माध्यमिक विद्यालय, घोघनपुर वडा नं. ६ को भवन निर्माणका लागि रु. ३ करोड लागतमा बनेपछि विद्यार्थीहरूलाई टिनको कक्षा कोठामा गर्मीमा पढ्नुपर्ने बाध्यता अन्त्य गर्नेछ । त्यस्तै कञ्चनरुप वडा नं. २ मा मुस्लिम समुदायका लागि कब्रिस्तान निर्माणका लागि रु. ३ करोड मा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि यो महत्वपूर्ण पहल भएको बताइएको छ ।

अघिल्लो उपलब्धिहरूमा पनि कञ्चनरुप अग्रस्थानमा ः
सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री साहको निरन्तर प्रयासमा अघिल्लो वर्षहरूमा पनि कञ्चनरुप क्षेत्रका विभिन्न विद्यालयमा ठूला योजनाहरु सञ्चालनमा रहेका छन । सर्वोदय मावि, कञ्चनरुप वडा नं.८ मा रु. १ करोड भवन निर्माण भइरहेको,कञ्चनरुप नगरपालिका वडा नं.३ मा बरमझिया आधारभूत विद्यालय,कञ्चनरुप वडा नं.३ मा रु. १ करोड र कञ्चनरुप वडा नं.१ मा लक्ष्मी नारायण मावि, बैरवा स्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा रु. २ करोड ४८ लाख विनियोजन भइसकेको हो ।
अब १० वटा विद्यालय भवन निर्माण प्राथमिकतामा ः
सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री साहले,भने निकट भविष्यमै कञ्चनरुप क्षेत्रमा कम्तीमा १० वटा विद्यालय भवन निर्माण गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। उनले संघीय, प्रदेश र अन्तर्राष्ट्रिय स्रोतहरूसँग समन्वय गर्दै थप बजेट ल्याउने प्रयास भइरहने बताएका छन्।
सांसद तथा मन्त्री साहले भने, “यो सबै जनताको साथ, भरोसा र साझा सपनाको परिणाम हो । अबको बाटो अझ सशक्त विकासको हुनेछ।”


प्रतिक्रिया दिनुहोस् ।