img

शिक्षा पूर्वाधार बलियो बनाउँदै सरकार: मन्त्री साहद्वारा सप्तरीकाे चार विद्यालयमा नवनिर्मित भवनको अनुगमन


कञ्चनपुर (सप्तरी), २० जेठ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सोमबार सप्तरी जिल्लाका चार विभिन्न विद्यालयमा निर्माण भइरहेका नवनिर्मित भवनहरूको अवलोकन गरेका हाे।

सप्तरीको विद्यालयहरुमा नवनिर्मित भवनलाई
अवलोकन गर्दै मन्त्री साह

साेमबार शैक्षिक पूर्वाधार सुदृढीकरणको उद्देश्यले मन्त्री साहले कञ्चनरुप नगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय बरमझिया, हनुमाननगर कंकालनी नगरपालिका–४ को मधुवापुर, कञ्चनरुप–८ को सर्वोदय माध्यमिक विद्यालय तथा सप्तकोसी नगरपालिकाका विद्यालयहरूको स्थलगत निरीक्षण गरेकाे हाे ।
साे विद्यालयहरूको भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट जनही एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट हाल निर्माणाधीन संरचनाहरूले स्थानीय विद्यार्थीलाई सुरक्षित, सहज र आधुनिक सिकाइ वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

निरीक्षणका क्रममा मन्त्री साहले निर्माणको गुणस्तर, संरचनाको अवस्था तथा भवनहरूको भावी उपयोगिता बारे प्राविधिक विवरण लिँदै सम्बद्ध निकायलाई निर्माण प्रक्रिया थप प्रभावकारी बनाउन सुझावसमेत दिए।

“नयाँ संरचनाले विद्यार्थीलाई सिक्न सहज वातावरण सिर्जना गर्छ,” मन्त्री साहले भने, “शिक्षाको विकास विना समृद्ध नेपाल सम्भव छैन, त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा अझ बढी लगानी आवश्यक छ।”
यता कञ्चनरुप नगरपालिकामा रहेका विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरणका लागि संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट उल्लेख्य बजेट विनियोजन गरिएको हाे ।

साे कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी उम्मेदवार भोला पासवानको पहल र निरन्तर प्रयासका फलस्वरूप कञ्चनरुप क्षेत्रका विद्यालयमा आवश्यक संरचना निर्माणका लागि मन्त्रालयबाट बजेट ल्याइएको हो।

यसअन्तर्गत विद्यालयहरूमा नयाँ भवन निर्माण भइरहेको छ, जसले विद्यार्थीलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउने विश्वास लिइएको हाे।
साे प्रत्यासी पासवानले,भने- नगरको विकास र जनताको हितलाई प्राथमिकता दिँदै पासवानले शिक्षा क्षेत्रमै पहिलो चरणको ध्यान केन्द्रित गरेका छन्। “गाउँका बच्चाले पनि शहरको जस्तै सुविधा पाउनुपर्छ,” भन्ने उनको धारणा अनुसार शिक्षा क्षेत्रमा लगानी बढाइएको बताइन्छ।
स्थानीयबासी र अभिभावकहरू पनि विद्यालय भवन निर्माणप्रति उत्साहित देखिएका छन्। उनीहरूको भनाइमा, यस किसिमको लगानीले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पार्नेछ र भविष्य उज्यालो बनाउनेछ।


प्रतिक्रिया दिनुहोस् ।