img

महादेवपट्टिमा नवजात बालिकाको शव फेला, समाजमा हिंसा र विभेदका विरुद्ध दृढ आवाज : कञ्चनरुप नगरपालिका मेयर पदका प्रत्यासी पासवान


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,१२ जेष्ठ । सप्तरीकाे कञ्चनरुप नगरपालिका–२, महादेवपट्टिमा एक नवजात बालिकाको शव फेला परेको छ। स्थानीय भित्री बाटो नजिकैको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा शव भेटिएको हाे ।
प्रहरीका अनुसार शिशुको जन्म अनुमानित रूपमा २–३ दिनअघि भएको र गर्भकाल करिब ७–८ महिना पुरा भएको देखिन्छ। शवलाई कानुनी प्रक्रिया पुरा गरी राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लेख बहादुर बिष्टले बताए ।

यस हृदयविदारक घटनाले समाजमा अझै गहिरो रूपमा जरा गाडेको छोरीप्रतिको विभेद र लापरवाह सामाजिक संरचनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको हाे ।

यता कञ्चनरुप नगरपालिका मेयर पदका प्रत्यासी तथा दलित अधिकारकर्मी भोला पासवानले पनि घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै यसलाई केवल एउटा शिशुको मृत्यु नभई सामाजिक चेतनाको असफलताको संकेत भने। “महादेवपट्टिमा भेटिएको मृत बालिका हामी सबैको साझा संवेदनशीलताको परीक्षा हो,” उनले भने, “हामी सबैले यस्ता हिंसा र विभेदका विरुद्ध दृढ आवाज उठाउनुपर्छ।”
यो घटनाले स्पष्ट रूपमा देखाउँछ कि सामाजिक चेतना र समानताका पक्षमा अझ धेरै काम गर्न बाँकी छ। जिम्मेवार नागरिक, अभिभावक र संस्थाहरूले मिलेर यस्तो अन्याय रोक्न सशक्त पहल गर्न जरुरी भइसकेको छ।


प्रतिक्रिया दिनुहोस् ।