अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),९ जेष्ठ । जनमत पार्टी नगर समिति कंचनरुपको आयोजनामा दुई महत्वपूर्ण पूर्वाधार विकास योजनाको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो ।
शुक्रबार कञ्चनरुपमा दुई महत्वपूर्ण पूर्वाधार योजनाको शिलान्यास गर्दै जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवम् सांसद तथा प्रमुख अतिथि डा. चन्द्रकान्त राउतले,भने दुई महत्वपूर्ण पूर्वाधार विकास योजनाले जनताको आवश्यकता र स्थानीय पूर्वाधार सुदृढीकरणमा केन्द्रित रहेको बताउँदै प्रमुख अतिथि डा. राउतले जनमत पार्टी सदैव जनताको हितमा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सो शिलान्यास कञ्चनरुप नगरपालिका नं.५ स्थित परेमारा बाटो निर्माणको शिलान्यास गर्दै सो कुरा प्रमुख अतिथि डा. राउत बताएको हो । उक्त योजना प्रदेश सांसदिय कोषबाट प्राप्त रु. २५ लाखको लागतमा निर्माण हुन गइरहेको सो बाटोले स्थानिय आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको हो ।
सप्तरीको परेमारा बाटो र पोडा खोला तटबन्ध निर्माणको शिलान्यास, ४५ लाखको लागत
त्यसैगरी कञ्चनरुप नगरपालिका वडा नं. ६ स्थित पोडा खोला घोघनपुर क्षेत्रमा ५३ मिटर लामो तटबन्ध निर्माणको शिलान्यास गरिएको हो । सो योजना प्रदेश सांसदिय कोषबाट रु. २० लाखको लागतमा निर्माण हुने उक्त तटबन्धले बाढीजन्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको हो ।
जनमत पार्टीद्वारा कञ्चनरुपमा दुई पूर्वाधार विकास योजनाको भव्य शिलान्यास कार्यक्रम सम्पन्न
उक्त शिलान्यास कार्यक्रम अघि सप्तरीको कञ्चनपुरबाट जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवम् सांसद डा. चन्द्रकान्त राउतलाई जनमत पार्टीका सदस्य तथा स्थानीय कार्यकर्ताहरू मोटरसाइकल प्यालीसहित स्वागत गरेको हो ।
सो शिलान्यास कार्यक्रममा कञ्चनरुप नगर समिति अध्यक्ष मनोज साहको अध्यक्षतामा तथा जनमत पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउतसहित जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सांसद डा. सी.के. राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो शिलान्यास कार्यक्रममा जनमत पार्टीका सदस्य तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।