कञ्चनपुर, २९ मंसिर । मुस्लिम समुदायका अगुवाहरूबीच शैक्षिक, आर्थिक, र सामाजिक अवस्थाका विषयमा गहन छलफल गर्न कञ्चनरुपमा दुईदिने संवाद कार्यक्रम शुरु भएको छ।
शनिबारदेखि कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित कञ्चनपुरकाे मिथिला पार्टी प्यालेसमा दलित सरोकार मञ्च नेपाल र इन्टरनेसनल आइडियाको सहकार्यमा आयोजित कार्यक्रममा सिरहा र सप्तरी जिल्लाका करिब ४० जना मुस्लिम समुदायका जनप्रतिनिधि,शिक्षक बर्ग,स्वास्थ्यकर्मी,अधिकारकर्मी तथा अगुवाहरू सहभागी भएका थिए।
कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले मुस्लिम समुदायको संवैधानिक पहिचानसहित शैक्षिक, आर्थिक, सामाजिक, र सांस्कृतिक समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
साे कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पासवानले मुस्लिम समुदाय नेपालको महत्वपूर्ण हिस्साभए पनि उनीहरूको संवैधानिक पहिचान स्पष्ट नभएकाले धेरै अधिकारबाट वञ्चित हुनुपरेको बताए। “मुस्लिम समुदायको राजनीतिक, सामाजिक, र आर्थिक अधिकार सुनिश्चित गर्न संविधानमै ठोस व्यवस्था हुन आवश्यक रहेको बताए,” ।
कार्यक्रमको मुख्य उद्देश्य मुस्लिम समुदायका विविध समस्या पहिचान गरी समाधानका उपाय तय गर्नु रहेको थियो। सहभागीहरूले समुदायका शैक्षिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याबारे विचार राख्दै ठोस योजनाहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले मुस्लिम समुदायमा साक्षरता दर न्यून रहेको र बालबालिकाको शिक्षामा कम सहभागिता रहेको चिन्ता व्यक्त गरे। मदरसा शिक्षालाई आधुनिक शिक्षामा रूपान्तरण गर्न मदरसा बोर्ड गठनको आवश्यकता औंल्याउँदै सरकारी विद्यालयसरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग गरियो। प्राविधिक र व्यवसायिक शिक्षाको पहुँच विस्तार गरी मुस्लिम महिलालाई लक्षित छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा पनि सहभागीहरूले जोड दिए।
साे मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर रहेको र रोजगारीका अवसर सीमित रहेको भन्दै सहभागीहरूले सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। वैदेशिक रोजगारी व्यवस्थापन सुधार, महिला र युवालाई लक्षित सीप विकास तालिम, र सरकारी बजेटमा मुस्लिम समुदायलाई प्राथमिकता दिनुपर्ने सुझाव राखियो। साथै, बचत गर्ने बानी प्रोत्साहित गर्न र देखावटी खर्च न्यूनीकरण गर्न सामाजिक चेतनाको आवश्यकता औंल्याइयो।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...