img

हनुमाननगर कंकालिनी नगरपालिकामा असुविधा पुर्‍याएको भन्दै तालाबन्दी खालियाै


अपुर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,२७ कार्तिक । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकामा तलव, भत्ता उपलब्ध नगराएको भन्दै शिक्षक तथा कर्मचारीले एक महिनादेखि लगाएको तालाबन्दी आज खाेलिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय सप्तरी काे नेतृत्वमा आज गरिएको निर्णय
निर्णय

मंगलबार जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी भोला दाहालको अधयक्षतामा नगर प्रमुख, जिल्ला स्थित सुरक्षा निकायहरु र वडा अध्यक्षहरुको संयुक्त बैंठकले तलव, भत्ता उपलब्ध नगराएको भन्दै शिक्षक तथा कर्मचारीहरुले नगरपालिकाकाे मुल गेटमा र विभिन्न वडाहरुमा लगाईएको ताला खुलिएकाे हाे  ।
साे बैंठकमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल,हनुमाननगर कंकाललिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी,जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी,जितेन्द्र कुमार यादव,जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा र सप्तरी सुरक्षा निकायका प्रमुखहरुकाे उपस्थितिमा साे निर्णय भएको हाे ।
साे बैंठकले हनुमाननगर कंकालिनी नगरपालिकामा गत असाेज २९ गते लगाईएको तालाबन्दी सम्बन्धमा र वडा अध्यक्षहरु प्रति भएको व्यवहार सम्बन्धमा ताला लगाउने पक्षले सो ताला लगाईएको कार्यले नागरिकमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता सहित आजकै मितिबाट वडा कार्यालयको ताला खोली सेवा प्रवाह सुचारु गर्ने,बाढी प्रभावितको सन्दर्भमा भईरहेको राहत वितरणमा गलत मनसायले भएको, दोहोरिएको वा आफ्नो मानिसलाई वितरण भएको गुनासो सम्बोधनको लागि WFP, सोही नगरपालिकाका सरोकारवाला पक्ष समेतको प्रतिनिधित्वमा छानविन तथा पुनः यकिन गरी वितरण गर्ने र नगर प्रमुख र वडा अध्यक्षको रोहवरमा तालाबन्दी खोली वडा कार्यालय र पालिकाको सेवा सुचारु गर्दै १० (दश) दिन भित्र नगरसभा गरी राष्ट्रसेवक कर्मचारीको तलब भत्ता बितरण गर्ने सहमतिमा लगाएको तालाबन्दी खालिएकाे हाे ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133