img

अवैध चिनी, बटर बेक बिस्कुट र मोटरसाइकल प्रहरीको नियन्त्रणमा


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, २७ कात्तिक । सप्तरीको राजविराज नगरपालिका वडा नं. ०६ स्थित राम मन्दिर चौकमा प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली गरी चोरी पैठारी ल्याउदै गरेको चिनी, बटर बेक बिस्कुट, र मोटरसाइकल बरामद गरेको हो ।
गत बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा यो सामान फेला पारेको हो । प्रहरीलाई देखेर अवैध सामान बोकेर ल्याइरहेको मोटरसाइकलका व्यक्ति भाग्न सफल भएपनि घटनास्थलमा छोडिएको मोटरसाइकल यामाहा १२५ सिसीको नम्बर प्लेट नरहेको हो ।
प्रहरी टोलीले मोटरसाइकलमा लोड गरिएका बोराहरूको जाँच गर्दा चिनी र बटर बेक बिस्कुट जस्ता सामग्रीहरू फेला परेको सामग्रीहरूको मूल्य १ लाख १ हजार ९ सय १० रुपैयाँ बराबर रहेको बताइएको हो ।
नियन्त्रणमा लिइएका मोटरसाइकल र अन्य सामग्रीलाई अब आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको हो । सप्तरी प्रहरी कार्यालयले भन्सार छली तथा चोरी पैठारी रोक्न आफ्नो निगरानी अझै कडा बनाउने प्रतिबद्धता जनाएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133