img

राजविराज महोत्सव आजदेखि सुरु, संस्कृति र व्यापार प्रवर्द्धन

राजविराज महोत्सवमा प्रमुख अतिथि,अतिथिगणहरू ः फाइल तस्विर

अपूर्व न्यूज समाचारदाता ।
राजविराज, १५ कात्तिक । संस्कृति, पर्यटन, कृषि, र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सवको सुरु हुँदैछ ।
ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजनामा र राजविराज नगरपालिकाको सहकार्यमा हुन लागेको यस महोत्सवले सप्तरीको सांस्कृतिक पहिचान, कृषि उत्पादन, र व्यापारिक क्षेत्रलाई उजागर गर्ने लक्ष्य राखेको छ। महोत्सव राज रंगशालामा आयोजना हुनेछ । उक्त महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।
राजविराज महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृतिलाई प्रोत्साहन गर्न ४० वटा बिक्री कक्ष राखिनेछ । जसमा विभिन्न हस्तकलाका सामग्री, कृषि उत्पादन, र स्थानीय विशेषताका वस्तुहरू प्रदर्शन र बिक्री गरिनेछन्। महोत्सवका आयोजकले महोत्सवका लागि अनुमानित ६४ लाख रुपैयाँ खर्च हुने जानकारी दिएका छन् ।

यस महोत्सवले तिहारको अवसरमा बाहिरिएका युवा, विद्यार्थी, नगरवासी र जिल्लावासीलाई मनोरञ्जनका साथै सप्तरीको मौलिकता र सांस्कृतिक धरोहरलाई समेट्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

महोत्सवले स्थानीय व्यवसायलाई सघाउँदै जिल्लाको कला र पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
राजविराज महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति, र मनोरञ्जनात्मक क्रियाकलापहरू हुने जानकारी गराइएको छ। आयोजकले महोत्सवमा सहभागी भएर सप्तरीको सांस्कृतिक धरोहर र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई निमन्त्रणा गरेका छन्।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133