img

सुरक्षकर्मीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जनालाई पक्राउ


भारदह (सप्तरी), १३ भाद्र । सुरक्षाकर्मीले बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका नं.१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरत रहेका छन ।
यसैगरी अन्य शिकारीहरुमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव,तिरहुत गाउँपालिका २ का ५१ वर्षिय लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी नपा २ का जनार्दन राउत, सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३३ वर्षिय प्रदीप लिम्बु, राजविराज नगरपालिका ७ का २५ वर्षिय रविन दास, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ का २३ वर्षिय ओमशंकर प्रसैला, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का ५० वर्षिय लक्ष्मण मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहाका ५१ वर्षिय शंकर प्रसाद यादव छन् ।

पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार