img

भतिजाको दाहसंस्कारमा सहभागि हुन जादाँ दुर्घटना भई दुई जना मृत्यु


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर, ३२ साउन । भतिजाको दाहसंस्कारमा सहभागि हुन जादाँ सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा स्थित पुर्व पश्चिम राजमार्गमा टयाङकर र मोटरसाईकल एक आपसमा ठाकिदा दुर्घटना भई घटनास्थलमै मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका १० बदगामा स्थित दुर्घटना स्थल

शुक्रबार करिब ११ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को.१ ख ७४१४ नम्वरको नेपाल वेल कर्पोरेशन टयाङ्कर ट्रकले सुनसरीको हरिनगरबाट पश्चिम लहान जादै गरेको प्रदेश १–०२–०४७ प १२८० नं. मोटरसाइकलमा सवार हरिनगर गाउपालिका वडा नं. ३ गौतमपुरका अन्दाजी वर्ष ४१ का महेश कुमार मेहताको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बर्ष ४२ का जय प्रकाश मेहताको धर्मेश्वर हस्पिटमा उपचार पश्चाप गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

मृत्क परिवारका आफन्तले आज विहान ३ वटा मोटरसाईकलमा दुई÷दुई जना बसेर लहानमा मृत्यु भएका भतिजाको दाहसंस्कारमा सहभागि हुन जादाँ बदगामामा दुर्घटना भएको हो ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780