img

नियमित कारोबारको विधाबाट सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई मुख्यमन्त्री सिंहद्वारा सम्मानपत्र प्रदान


बर्दिबास,१९ साउन । राष्ट्रिय सहकारी बैक लिमिटेडंको २२ औं स्थापना दिवसको अवसरमा सप्तरीबाट नियमित कारोबारको विधामा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट भएको हो ।

सम्मानपत्र कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष अनोज यादव,व्यवस्थापक तथा सहकारी परिवारसहित उपस्थित ।

शनिबार बर्दिबासमा राष्ट्रिय सहकारी बैक लिमिटेडंको २२ औं स्थापना दिवसको अवसरमा आयाजित “सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवम् सम्मान कार्यक्रम”मा प्रदेश प्रदेशबाट एक मात्र सहकारीको रुपमा नियमित कारोबारको विधामा सम्मान मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको हातबाट सहयोगी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष अनोज यादवलाई सम्मानपत्र गृहण गरिएको हो ।

उक्त सम्मानपत्र कार्यक्रममा लिमिटेडका अध्यक्ष अनोज यादवसहित उपाध्यक्ष संजय खंडगा,सचिव शोभाकान्त गुप्ता,व्यवस्थापक विनोद दास र सदस्य महेश गुप्ताको उपस्थित रहेका थिए ।

हाल मधेश प्रदेशमा सप्तरीको कञ्चनरूप नगरपालिका ८ का सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट भएका छन । सहयोगी जिल्लामा नै उत्कृष्ट संस्थाका रुपमा काम गरीरहेका छन । सहकारीले सेवा केन्द्र स्थापना गरि ग्राहकबर्गहरुलाई ग्रामिण भेग सम्म सेवा प्रवाह गरिरहेको अध्यक्ष यादवले बताए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार