img

जनसंख्याको आघारमा आरक्षण क्षेत्र कायम गर्न आग्रह ः मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष दास


दीपेन्द्र पासवान
मिर्चैया (सिरहा), ५ साउन । मधेस प्रदेशको मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासले मधेस प्रदेशमा जनसंख्याको आघारमा आरक्षण क्षेत्र कायम गराउन दलित सञ्चारर्मीहरुलाई आग्रह गरिएको हो ।

२ दिने क्षमता विकास तालिममा प्रशिक्षकद्धय सहभागिहरुलाई प्रशिक्षण दिदैं ।

शनिबार युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी नागरिक समाज र सञ्चार परियोजना दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिमको समापन समरोहको प्रमुख अतिथिको आसन्नबाट बोल्दैं मधेस प्रदेशको मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष दासले यस्तो धारणा राखेको हो ।

२ दिने क्षमता विकास तालिममा मधेस प्रदेशको मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासले आपनो धारणा राख्दैं ।

काउन्सिलका कार्यबाहक अध्यक्ष दासले भने– मधेस प्रदेमा दलित समुदायको जंनसंख्या बढी भएकोले निर्वाचन क्षेत्र जनसंख्याको अनुपातमा आरक्षण क्षेत्र कायम दबाब सृजना गर्न दलित सञ्चारकर्मीहरुसँग आग्रह गरिएको हो ।
उनले,–दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि दलित समुदायका पत्रकार रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सो समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले दलित समुदायका पत्रकारहरू हरेक कुरामा पछाडि पारिएकाले उनीहरूबीच समस्या पनि धेरै छन् भने । त्यसैले सबै मिलेर यस्ता चुनौतीको सामना गर्न पनि उनले सुझाव दिए ।

साथै मिडिया काउन्सिलले उपलब्ध गराउने लेखनवृत्तिलगायतका सुविधा प्राप्त गर्न पहलकदमी लिन पनि सहभागीहरूसँग आग्रह गरे ।

सो तालिमका सहभागी रौतहटस्थित वृन्दावन नगरपालिकाका पत्रकार राजेश पासवानले अहिलेसम्म आफूहरूले यति जानकारी पनि नपाएको अवस्थामा यहाँबाट फर्केपछि गरिने पत्रकारिता अझ सशक्त तुल्याउन ऊर्जा मिलेको बताए ।

२ दिने क्षमता विकास तालिममा दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले आपनो धारणा राख्दैं ।

तालिमका क्रममा सहभागी पत्रकारहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ लागु गराउने, पालिकाहरूले वितरण गर्ने बजेटमा देखिएको दलित विरोधी भावनाविरुद्ध अभियान चलाउने र सँगैसँगै पत्रकारको क्षमता अभिवृद्धिका उपायहरू पनि खोजी गर्ने बताएका थिए । तालिमका सहभागी जनकपुरका पत्रकार कुलदीप दासले भने– हामीले प्रगति गर्न नसक्नुमा यस्तो तालिम अभाव पनि एक हो । जुन तालिममा सहभागी हुन पाएपछि निकै खुसी लागेको छ । अबका दिनमा पनि दलित सरोकार मञ्चले यस्ता क्षमता विकासका अवसरलाई निरन्तरता दिनुपर्छ ।

तालिममा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरू सहभागी थिए । जसले आफूहरूले भोग्नुपरेका समस्या, तिनबाट मुक्तिका लागि अपनाउनुपर्ने उपाय तथा यसका लागि आवश्यक पर्ने स्रोत र मार्गबारे व्यापक मन्थन गरेका थिए । साथै उनीहरूले आफू र आफू आबद्ध सञ्चार संस्थाका सबल र दुर्वल पक्षबारे छलफल गरेका थिए भने अवसर र चुनौती पनि निक्र्योल गरेका थिए ।

तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकार नेतामा हुनुपर्ने गुणबारे बताउँदै उनीहरूले आफ्नो समुदायले भोग्नुपरेका पीडा उजागर गर्न कस्तोखालका उपाय र शैलीहरू अपनाउनुपर्छ भन्नेबारे प्रशिक्षण दिएका थिए । कमजोरी पत्ता लगाइ त्यसबाट सिक्ने प्रक्रियाले मात्र टुङ्गोमा पु¥याउने उनको सुझाव थियो ।
त्यसैगरी अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले पत्रकारितामा स्रोत आवश्यक किन पर्छ, यो कति प्रकारका हुन्छन्, कसरी सूचना प्राप्त गर्ने, सार्वजनिक निकायले सूचना दिएनन् भने कस्तो कानुनी मार्ग अवलम्बन गर्ने भन्ने जस्ता जानकारी गराएका थिए । साथै उनले पत्रकारितामा भाषाको भूमिका कस्तो हुनुपर्छ भन्नेबारे पनि सहभागीलाई मसिनो तरिकाले जानकारी गराएका थिए ।
यो कार्यक्रममा दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले २ दिने तालिमबाट दलित समुदायका पत्रकारले कति सिके भन्ने भन्दा पनि आठै जिल्लाका एउटै र उस्तै पीडा भएका समुदायका पत्रकारहरूको एउटै थलोमा उपस्थिति सबै भन्दा ठूलो विषय रहेको बताए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार