पर्सा(विरगंज),असार ८ गते । राष्ट्रिय सभाका सांसद राघेश्याम पासवानले संवैधानिक अधिकार भएकोले दलित शब्दलाई गर्व साथ सबैलाई आत्मसाथ गर्न आग्रह गरिएको हो ।

शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै सांसद पासवानले सो कुरा बताएको हो ।
सो अधिवेशनमा सांसद पासवानले भने,– जनजाती आदीवासी,मधेशी,खस आर्य जस्तै दलित आयोग संवैधानिक अधिकार भएकोले गर्दा गर्व साथ कुनै संकोच नराखि आत्मसाथ गर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले लेखकको रुपमा कान्तिपुर दैनिक,नयाँ पत्रिका दैनिक,विभिन्न जर्नल तथा आपनै दैनिक पत्रिकामा विगत दुई दशकदेखि दलितको मुद्धामा उजागर गर्दै आएको सप्तरीका पत्रकार भोला पासवान, विगत दुई दशक भन्दा बढी समयदेखि क्रियाशिल रहि पत्रकारकारिता क्षेत्रमा आबद्ध रहेको पर्सा जिल्लाका वृजलाल पासवान र धनुषाका क्रियाशिल पत्रकार कुलदिप दासलाई सदस्यता हटाएको आपती जनाएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले पत्रकार महासघले सदस्यता वितरण गर्दा दलित पखाँ लगाउने नयाँ सदस्यता वितरण र नविकरणमा जिल्ला,प्रदेश र केन्द्रले सप्तरीदेखि पर्सासम्म दलित पत्रकारलाई नविकरण नगरी विभेद गरेको बताए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले पत्रकार वृजलाल पासवानको महासंघ सदस्यता सूची नाम समावेश नगरुनजेल पर्सा शाखाको अधिवेशन नगर्ने घोषणा गरिएको हो ।
कार्यक्रममा पर्सा जिल्लाका प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव वृजलाल पासवान, पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत आ आपनो धारणा व्यक्त गरेको हो ।
सूर्यविनय विश्वकर्माद्धारा सञ्चालित कार्यक्रममा पत्रकार सुरेश बादलले सहभागीहरुलाई स्वागत गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको अध्यक्षमा पुन ः श्याम पासवान
राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशनले श्याम पासवानलाई पुन ः अध्यक्षमा चयन गरेको छ । १३ सदस्य जिल्ला समितिको उपाध्यक्षमा सुरेश बादल,सचिवमा सूर्यनारायण विश्वकर्मा,सह सचिवमा सुशिल हजरा र कोषाध्यक्षमा निला रामलाई चयन गरेको छ । संघका सदस्यहरुमा धर्मेन्द्र राम,संस्कार पासवान,सिद्धार्थ बादल,संगिता दास,विपिन महरा,सुजिता कुमारी,आशिका कुमारी महरा र रामबाबु राम चयन भएका छन् ।