img

पत्रकारलाई शुद्धिकरणको नाममा दलित समुदायका पत्रकारहरुलाई नविकरण नगरेको आरोप ः केन्द्रिय सचिव पासवान


रौतहट(गरुडा),असार ७ गते । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले पत्रकारलाई शुद्धिकरणको नाममा दलित समुदायका पत्रकारहरुलाई नविकरण नगरेको आरोप लगाएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहतको दोस्रो जिल्ला अधिवेशनमा केन्द्रिय सचिव सिकेन्द्र पासवान आपना सान्दर्भिक भनाई राख्दैं ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै सचिव पासवानले सो कुरा बताएका हुन् ।
पत्रकार महासघले सदस्यता वितरण गर्दा दलित पखाँ लगाउने नयाँ सदस्यता वितरण र नविकरणमा जिल्ला,प्रदेश र केन्द्रले सप्तरीदेखि पर्सासम्म दलित पत्रकारलाई नविकरण नगरी विभेद गरेको सचिव पासवानले भने,– अहिले त तालाबन्दी गरेको छौं यदी नविकरण नगरिए हामी दलित पत्रकारहरु सडक आन्दोलनमा जाने बताए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले दक्ष पत्रकार भए अहिले पनि रोजगारको समस्या नभएको बताए ।

दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको भन्दैं सम्बन्धित निकाय ध्यान दिनुपर्ने बताए । सदस्य दासले दलित विकास समिति मधेश प्रदेशद्धारा दलित सशक्तिकरण एवम् विभिन्न दलितमैत्री कार्यक्रमहरु हुने बताएको हो ।

 

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहतको दोस्रो जिल्ला अधिवेशनमा दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दास आपना सान्दर्भिक भनाई राख्दैं ।

कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरी कार्यक्रम संयोजक राजकुमार पासवानले दलित पत्रकारमाथी विभेद नर्गन आग्रह गर्दै भन्ने मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटीरहेको जानकारी गराएका थिए । संयोजक पासवानले भने,–दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर दलितका मुद्धाहरुलाई मिडिया मार्फत उजागर गर्न आग्रह गरेको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनमा संघका नव अध्यक्ष राजेश कुमार पासवान आपना सान्दर्भिक भनाई राख्दैं ।

कार्यक्रममा रौतहत जिल्लाका दलित अधिकारकर्मी धमेन्द्र पासवान,रामविनय पासवान,शिवशंकर पासवान,सुब्बा साहेब पासवान लगायत आ आपनो धारणा व्यक्त गरेको हो । किरण पासवानद्धारा सञ्चालित कार्यक्रममा पत्रकार शम्भु दासले सहभागीहरुलाई स्वागत गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको अध्यक्षमा पुन ः पासवान  
राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनले राजेश कुमार पासवानलाई पुन ः अध्यक्षमा चयन गरेको छ । ९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा दिपेन्द्र बैठा,सचिवमा सुनिल रजक सह सचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दासलाई चयन गरेको छ । समितिका सदस्यहरुमा जयनारायण कुमार पासवान,गोपाल महरा,आदित्य कुमार रजक र अमृमिता कुमारी पासवान चयन भएका छन् ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार