img

असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम सम्पन्न गर्ने प्रतिबद्धता


अपूर्व न्यूज समाचारदाता ।
छिन्नमस्ता,३ जेष्ठ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका प्रमुख विनोद मौवारले आगामी असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको हो ।
विहिबार निर्माणाधीन यो सडकको काम सुस्त गतिमा भइरहेको पाइएपछि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले मौवारसहित सडक डिभिजन कार्यालय लहानका कर्मचारी, निर्माणा व्यवसायीसँग छलफल गरेका छन् ।
छलफलमा झापादेखि कमलासम्मको भाग हेर्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख मौवारले आगामी असारसम्म रुपनी छिन्नमस्ता सडकको काम सम्पन्न भइसक्ने प्रतिबद्धता जनाएको पालिका अध्यक्ष चौधरीले बताए ।

तोकिएको समयमा सडक निर्माणको काम नभए पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरी अगाडि बढ्ने अध्यक्ष चौधरीले आयोजना प्रमुखलाई छलफलमा सुनाएका थिए ।

टेन्डर भएको २ बर्ष बितिसक्दा पनि कामले गति नलिएपछि सरोकारबालालाई राखेर छलफल नै गरेको उनले बताए ।
सडकको काम पूरा भएपछि छिन्नमस्तामा आन्तरिक तथा वाहिरिय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरेका छन् ।
’यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा बृद्धि हुन्छ,’ उनले भने, ’यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780