img

कोशी टाप्पु क्षेत्रका जनताको समस्या समाधानका गर्ने ः नवनियुक्त वन तथा बताबरण मन्त्री साह


अपूर्व न्युज समाचारदाता ।
कञ्चनपुर, १० चैत्र ।
नेपाल सरकारको नवनियुक्त वन तथा बताबरण मन्त्री नवलकिशोर साहले आफु कोशी टाप्पु क्षेत्रका जनताको समस्या समाधानका गर्ने बताएका छन् ।
शनिबार अन्नपुर्ण बहुमुखी क्याम्पस कञ्चनपुरको प्राङ्गनमा जनता समाजवादी पार्टी नेपाल कञ्चनरुप नगरपालिकाद्वारा आयोजित सम्मान तथा होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साहले सो कुरा बताएको हो । आरक्षका जनावरका कारण कोशी क्षेत्रका जनताहरुको विघो विगहा खेत बाझौपन रहेको बताउदैं मन्त्री साहले आरक्ष सिमालाई घेरबेर गर्ने बताए ।

कार्यक्रममा जसपाका प्रदेश कमिटि सदस्य भोला पासवानले सप्तरी क्षेत्र नम्बर १का जनताको समस्या समाधान गर्ने वन तथा वातावरण मन्त्रालय रहेकोले जनताको पक्षमा काम गर्नुपर्ने जोड दिएका छन् ।

नेपाल सरकार को नवनियुक्त वन तथा वाताबरण मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यता र नगर अध्यक्ष सुदम्बर यादवको अध्यक्षता तथा चितरन्जन यादवद्वारा संचालित कार्यक्रममा जसपाका जिल्ला कार्यकरणी सदस्य रामेश्वर यादब,कञ्चनरुप १का वडाअध्यक्ष रब्बान खाँन,१०का वडाअध्यक्ष दामोदर यादव,जसपा नगर उपाध्यक्ष कल्पना चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780