img

सुरुङ्गामा पृतमलाल पासवानको नेतृत्वमा २५ जना नगर कमिटी गठ्न


कुशाहा,(सप्तरी) २४ पुस ।  सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.०५ स्थित कुशहामा पासवान जातिहरुको भेलाले नेपाल पासवान समाज सुरुङ्गामा पदमापृतम लाल पासवानको अध्यक्षतामा २५ सदस्य नगर समिति गठन गरिएको छ ।
सो समितिको उपाध्यक्षमा गणेश पासवान , कोषाध्यक्षमा सन्जु कुमारी पासवान , सचिबमा राम कुमार पासवान , सह सचिबमा दिनेश पासवानन ,सदस्यमा नौथनी पासवान,राम कुमार पासवान,हरि पासवान र चन्दन पासवान लगायत २५ सदस्य समिति रहेका छन् । साथै यस समिति सल्लाहकारमा महेन्द्र पासवान,शिव दर्शन पासवान र सत्य नारायण पासवान चयन भएका छन।
नेपाल पासमान समाज सप्तरीको आयोजनामा समाज सप्तरीका अध्यक्ष उपेन्द्र पासवाननको अध्यक्षता तथा सुरुङ्गा नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख विन्दा कुमारी पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्लाका सचिव राम कृष्ण पासवान र कोषाध्यक्ष बिणा देवी पासवान उपाध्यक्ष सियाराम पासवान, अधिकारकर्मी दिपेन्द्र पासवान लगायत समाजसेबी,बुद्धिजिबि,महिला र युवाहरुको बाक्लो उपस्थितिमा रहेको थियो।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780