महादेवा(सप्तरी) ४ पुष । नागरिक सक्रियता परियोजनाले सिकाई,उपलब्धी, तथा असल अभ्यास अनुभव प्रस्तुतिकरण वारे महादेवा गाउँपालिका सँग आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सोमवार महादेवा गाउँपालिका स्थित सभाहलमा आयोजित कार्यशालामा परियोजनाले विगत चार बर्ष गरिएको कार्यक्रमबाट प्राप्त सफलताका कथाहरू वारेमा अन्तरक्रिया गरेका छन ।
युरोपियन युनियनको आर्थिक सहयोग वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम् आसमान नेपालको अगुवाइमा दलित सरोकार मञ्च सप्तरीद्वारा नागरिक सक्रियता परियोजनाद्वारा संचालित कार्यक्रमको प्रगति र सफलता कथाहरुबारे दलित सरोकार मञ्च सप्तरीका जिल्ला संयोजक राजकुमार पासवानले अनुभव प्रस्तुतिकरण गरिएको थिए ।
सो कार्याशालामा मञ्चका जिल्ला संयोजक पासवानले चार बर्षमा परियोजनाले जिल्लाको राजगढ गाउपालिका र बिष्णुपुर गाउँपालिकाका नागरिक सक्रियता परियोजना अन्तर्गत पालिका राम्रो शासन चलाउन,नीति,नियम तथा कार्यविधिहरुमा सहयोग,युवाहरुलाई स्थानीय सरकार सम्म पँहुच बढाउन,महिला युवतीहरुमा आर्थिक जिविकोर्पाजनका कार्यहरु लगायत अन्तिम चरणमा रहेको कार्यक्रममा डोम, मुसहर, मुस्लिम तथा सिान्तकृत लक्षित समूह गठन गरी सम्वाद कार्यक्रम गर्दै आएको बताए ।
संयाेजक पासवान भने,– सामाजिक रूपले पछाडी परेका तथा आर्थिकले गरिब नागरिकहरूलाई सरकारी सेवाहरूमा पहुच तथा सक्रिय तबरले समाबेशी तरिकाले स्थानिय बिकास प्रक्रियाहरूमा सहभागी गराउन उदेश्यले कार्यक्रम गर्दै आएको र स्थानिय तहमा दलित समुदायको पँहुच पुरयाउन, नागरिक सम्वाद केन्द्र मार्फत सिमान्तकृत समुदायको सश्कतीकरण गरी आफनो अधिकार र कर्तब्य प्रति जागरूप बनाई अधिकार प्राप्तीका निम्ति अग्रसर हुने र नागरिक कर्तब्यको पालना गर्न समुदायको बिकास र क्षमता अभिृबृद्वि गर्ने परियोजना लक्ष्य रहेको बताए ।
उक्त अवसरमा महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल,उपाध्यक्ष अर्चना कुमारी यादब,वडा १ का अध्यक्ष जयकिशोर दास,निमित प्रमुख प्रशासकिय अधिकृत बृहस्पति राम लगायतले पालिकामा नागरिक सक्रियता परियोजना संचालन गर्नका लागि आबश्यक सहयोग गर्ने प्रतिबधता जनाएका थिए ।
सो कार्याशाला गोष्ठी मञ्चकी अर्चना परियारले कार्यक्रम सञ्चालन गरेकी थिईन् । गोष्ठीमा कार्यपालिका सदस्य,कर्मचारी तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।