img

सप्तरी आएर सेवा गर्न पाउँदा खुशी लागेको छ ः सीडीओ थापा


कञ्चनपुर(सप्तरी) ८ असाेज । सप्तरी आएका नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापाले सप्तरी आएर सेवा गर्न पाउँदा खुशी लागेको बताए ।
शनिबार राजविराजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले उक्त कुरा बताएका हुन् । ‘मेरो घर जुम्ला हो’ उनले भने, ‘तर मेरो सप्तरीसँग सुमधुर सम्बन्ध रहेको बताए।’

उनले आफूलाई सप्तरीकै शिक्षकले अध्यापन गराएको स्मरण गरे । सप्तरीका शिक्षक जुम्ला पुगेर शिक्षा दिनुभएको छ’ उनले भने, ‘सप्तरीका शिक्षकहरु रामनारायण चौधरी, कुसुमलाल चौधरी, रामनरेश चौधरी, कलानन्द माझीसहितकाले आफूलाई शिक्षा दिनुभयो ।’

सप्तरीकै शिक्षकले शिक्षा दिएपछि आफू सीडीओ बनेर सप्तरीमै आएकोमा आफू भाग्यमानी भएको उनले बताए । ‘सप्तरीका जनताको सेवा गर्न पाउँदा खुशी लागेको छ’ उनले भने, ‘यहाँको शान्ति सुरक्षा सुदृढ बनाउन, जनतालाई न्याय दिलाउन तत्पर रहनेछु ।’


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780