img

विष्णुपुर गाउँपालिकामा दुई दिने कार्याशाला समापन


विष्णुपुर (सप्तरी) असोज ८ गते । विष्णुपुर गाउँपालिकामा अधिकारमा आधारित विकास पद्धति,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सर्वाजनिक जवाफदेहिता सामाजिक समावेशीकरण सम्वन्धी दुई दिने कार्याशाला गोष्ठी समापन भएको छ ।
शुक्रबार युरोपियन युनियनको आर्थिक सहयोग,वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित नागरिक सक्रियता परियोजना अन्र्तगत सो कार्याशालामा विष्णुपुर गाउँपालिकाको तथ्याङ्गक अनुसार प्राथमिकताको क्षेत्रहरु निर्धारण गर्ने,अधिकारमा आधारित विकास पद्धति मान्यता अनुसार कार्य गर्ने(वस्ति स्तरीय योजना तर्जुमा गर्ने,राहतमुखी कार्यक्रम भन्दा आर्थिक र सामाजिक सशक्तिकरण हुने कार्यक्रम तर्जुमा गर्ने,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि पास गरी पालिकाको स्थानीय राजपत्रमा प्रकाशित गर्ने कार्ययोजनासमेत निमार्ण गरिएको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।
सो कार्याशाला गोष्ठीमा विष्णुपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, ७ वटै वडाका वडा अध्यक्षहरु,कार्यकपालिका सदस्यहरु र कर्मचारीसमेतको सहभागिता रहेको थियौं । उक्त कार्याशाला गोष्ठीमा प्रमुख प्रशिक्षक गोविन्द अधिकारी र जिल्ला संयोजक राजकुमार पासवाले सहजीकरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780