img

चोलेन्द्रको अधिकारको सम्मान हाेस् : मानवअधिकार आयोग


काडमाण्डाैं, ३ असाेज । राष्ट्रिय मानवअधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।

आईतबार विज्ञप्ति जारी गरी आयोगले जबराको वैयक्तिक तथा आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको हो।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको आयोगले ध्यानाकर्षण गराएको छ।

‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा राष्ट्रिय मानअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। आजै आयोगको टोलीले सर्वोच्च अदालतका साथै प्रधानन्यायाधीश राणाको निवासमा पुगी राणासँग पछिल्लो अवस्थाबारे जानकारी लिएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ।

आयोगले जुनुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व रहेको स्मरण गराएको छ। ‘यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नुहुँदैन भन्नेमा आयोग दृढ छ,’ आयोगले भनेको छ, ‘अतः संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोधको अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’

‘यस प्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नुहुँदैन भन्नेमा आयोग दृढ छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोधको अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’

आईतबार जबराको निवासमै पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिएको आयोगले जबरा निवासको आवतजावतको निगरानी गरेको, आवास बाहिर निस्कने सवारीसाधनमा चेकजाँचमा कडाइ गरेको र उनको सवारी स्कर्टिङ टोलीसमेत हटाएको पाइएको उल्लेख गरेको छ ।

‘आयोगको टोलीले तहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरेको भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साभार ः नयाँपत्रिका


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780