img

निर्वाचन आयोगले लालपूर्जा वितरण लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन


अपुर्व न्युज
काठमाण्डौं, ३१ भाद्र । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ ।
यस्तै नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि आयोगको निर्देशन दिएको छ ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमहरू सार्वजनिक भइसकेको सन्दर्भमा यस्तो निर्देशन दिइएको उल्लेख छ ।
आयोगले निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्वाचन आयोगलाई जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780