img

मघेश प्रदेशका नगरपालिका तथा गाउँपालिकाले समयमा सुचना उपलब्ध नगराएकोमा चिन्ता व्यक्त गरेका छन् ः आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष यादव


अपुर्व न्यूज
कञ्चनपुर, १६ भदौ । प्रदेश आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चारकर्मीहरुले सुचनाको हक प्रयोग गरी माग गरिएको सुचनाहरु समयसिमा भित्र नगरपालिका तथा गाउँपालिकाका कर्मचारीहरु सुचना उपलब्ध नगराएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव सप्तरी निर्वाचन क्षेत्र नं.१ का सञ्चारकर्मीहरु छलफल गर्दै ।

बुधबार सप्तरीको कञ्चनपुरमा स्थानीय पत्रकारहरुसँग भेटघाट गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सप्तरी एवं मघेश प्रदेशका सञ्चारकर्मीहरुले सुचनाको हक प्रयोग गरी माग गरिएको सुचनाहरु समयसिमा भित्र मघेश प्रदेशका नगरपालिका तथा गाउँपालिकाका कर्मचारीहरु सुचना उपलब्ध नगराएकोमा चिन्ता व्यक्त गरेको हो ।

पत्रकारसंँग भेटघाट गर्दै प्राधिकरण मधेश प्रदेशका अध्यक्ष यादवले सञ्चारकर्मीहरु माग गरिएको सुचना उपलब्ध गराउन प्राधिकरण गम्भिर रुपमा लिएको बताउदैं उनले,– भने सो सुचना समयमा उपलब्ध गर्नका लागि मघेश प्रदेश नगरपालिका÷गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु समन्वय गर्ने बताए ।

प्राधिकरण मधेश प्रदेशका अध्यक्ष यादवले मधेश प्रदेशमा पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि योजनाबद्ध तरिकाले कार्य शुरु भएको छ, अध्यक्ष यादवले भने,– १ लाख देखि १० लाखसम्म पत्रकार विमा कार्यक्रम, प्रदेशबाटै परिचयपत्र वितरण, लोककल्याणकारी विज्ञापन जस्ता पत्रकारहरुको पेशागत सुरक्षाको लागि उल्लेखनीय कार्य भएको बताए ।

पत्रकारहरुको क्षमता अभिवृद्धका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर गर्दै आएको उल्लेख गर्दै अध्यक्ष यादवले सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ का पत्रकारहरुलाई लक्षित गरी पत्रकारिता तालिमको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले सप्तरीका सञ्चारकर्मीहरुमाथि हुने गरेको आक्रमण र दुव्र्यवहार गर्ने प्रति कडा रुपमा प्रस्तुत हुने बताए । उनले कसैको धाकधम्कीबाट प्रभावित नभई निर्भिकतापूर्वक समाचार लेख्न सञ्चारकर्मीहरुमा आग्रह गरे । नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पत्रकारहरुको सुरक्षाप्रति प्रतिबद्ध छ ।

सो पत्रकारसंँग भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका निवर्तमान सचिव भोला पासवान, प्रदेश परिषद् सदस्य बृजमान तामाङ, दिनेश शर्मा, महासंघ सप्तरी शाखा सदस्यद्धय विद्यानन्द राम, राजकुमार पासवान,प्रेस चौतारी सप्तरी शाखाका कार्यबाहक अध्यक्ष डम्बर राई,राजु शर्मा लगायतका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका बिभिन्न संचारमाध्यममा क्रियाशिल पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार