img

आरक्षण नभए पछि दलितअधिकारकर्मीहरुले कर्मचारी भर्नामा विरोध


अपुर्व न्युज अपुर्व न्युज
सम्वददाता,कञ्चनपुर,३१ साउन ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले पछिल्लो समय कर्मचारी भर्नासम्बन्धी आह्वान गरेको सूचनाउपर दलित अधिकारकर्मीहरुले विरोध जनाइरहै बेला पुन ः बिहिबार प्रदेश जनस्वास्थय प्रयोगशालाले सयौंको संख्यामा करारमा कर्मचारी पदपूर्ति गन सूचना प्रकाशति गरेको छ ।
प्रदेश जनस्वाथ्य प्रयोगशाला जनकपुरधाम धनुुषाद्धारा मधेश प्रदेशको १३६पालिकाहरुमा प्रदेश निदान केन्द्र संचालनार्थ करार सेवामा कर्मचारी पदपूर्तिका लागि १५ दिने सूचना प्रकाशित गरेको हो । ल्याब टेकनिसियन (पाँचौ तह) को १३६जना र कार्यालय सहयोगी (श्रेणी बिहीन) पदका १३६ जना गरि आरक्षण कोटा नतोकी २ सय ७२ सिटका पदपूर्तिका लागि सूचना प्रकाशित गरिएको छ ।

दलित अधिकारकर्मीहरुले बुधबार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले सो सूचना तत्कालै सच्याउन माग गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा मधेस जनविद्रोह र मधेसी जनताको बलिदानीबाट देशमा स्थापित भएको संघीयताको प्रारुपबमोजिम प्रदेश लोकसेवा आयोगले प्रदेशसभाबाट पारित गराएको प्रदेश निजामती सेवा ऐन, ०७७ मा समूहगत आरक्षणको स्पष्ट व्यवस्था भए पनि प्रदेश सरकारको अधिनमा रहेको यस प्रतिष्ठानले उक्त आरक्षणसम्बन्धीको व्यवस्थाको अपहेलना गरी कर्मचारी भर्नासम्बन्धी सूचना आह्वान गर्नु मधेस आन्दोलन र सहिदहरुको सपनालाई अपमान गर्नुसरह रहेको जिकिर गरिएको छ ।

कर्मचारी भर्नासम्बन्धी पछिल्लो सूचनालाई रद्द गरी ३ दिनभित्र समूहगत आरक्षणको व्यवस्था गरी कर्मचारी भर्नाको बन्दोबस्त मिलाउनसमेत आग्रह गरिएको छ ।
आफूहरुको आग्रहलाई अस्वीकार गरिए अधिकारकर्मी, न्यायप्रेमी र सरोकारवालाहरु संघर्षको कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ । समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेशका कार्यवाहक अध्यक्ष रामो महराको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन पुगेको टोलीमा संयुक्त दलित संघर्ष समिति मधेस प्रदेशका चन्देश्वर दास, राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय अध्यक्ष चन्देश्वर सदा, डोम समुदाय उत्थान नेपालका धनुषा जिल्ला अध्यक्ष सरोज मल्लिक डोम, नेपाल सरसफाइ कर्मचारी संघका अध्यक्ष इनद्रजित मेस्तर, दलित महिला संघ धनुषाकी सरस्वती मण्डललगायतको सहभागिता थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780