सरस्वती मिश्र
१८ साउन २०७९ ।
आफूले आफैलाई मार्ने वा समाप्त पार्ने उदेश्यले गरिने कार्यलाई आत्महत्या भनिन्छ। भरखरैमात्र एसइइको नतिजा प्रकाशित भएको छ। गत वर्षहरुमा पनि एसइइको नतिजा प्रकाशनपश्चात धेरै किशोरकिशोरीहरुले आत्महत्याको बाटो रोजेको घटनाहरु बहिरीएका थिए।
नेपालको विद्दमान शैक्षिक मुल्याङकन पद्घति, परिवारको शिक्षाप्रतिको दृिष्टकोण, पारिवारिक दवाव, उच्च महत्वकांक्षा जस्ता प्रथमिक कारणहरु जसले गर्दा भविष्यका कर्णधार किशोरकिशोरीहरुले ज्यान गुमाउन पुगेका छन्।
सामाजिक संञ्जालमा मेरो छोरा, छोरी,भान्जा,भान्जी,भतिजा,भतिजी आदी इत्यादीले यो ग्रेड अथवा जी.पी.ए.प्राप्त गरकोमा बधाई भनेर प्राप्ताङकसहित हालेका पोष्टहरुले कम ग्रेड अथवा जी।पी।ए। प्राप्त गरेका किशोरकिशोरी साथै उनीहरुको परिवारले कस्तो महशुस गर्दछन् भनेर अन्दाजा लगाउन सकिन्छ।
कुनैपनि घटना घटेपश्चात व्यतिले उक्त घटनाप्रति ३ प्रकारले प्रतिकृया दिने गर्दछ। समस्यासँगं जुध्ने, समस्याबाट भाग्ने र कनै प्रतिक्रिया नदेखाउन यी तीन तरिकाबाट व्यतिले घटनाप्रति प्रतिकृया देखाउंछ।
आत्महत्याको कारण तथा जोखिमहरु
-बालबालिकाहरुको रुची, चाख र क्षमता भन्दापनि परिवारको दबाबका आधारमा कुन विषय पढ्ने भन्ने कुराको निर्णय गरिंदा बालबालिका÷किशोरकिशोरिहरुको मनोविज्ञानमा नकारात्मक असर पर्दछ।
– विद्दार्थीको क्षमतालाई मुल्याङकन गरिने आधार वा पद्दति उपयुक्त नहदा पनि किशोरकिशोरि÷बालबालिकाहरुले आत्महत्याजस्तो जघन्यअपराधलाई मृत्युकोरुपमा अगाल्न बाध्य हुन पुग्छन्।
-पहिलापनि आत्महत्याको प्रयास गरेको,मानसिक स्वास्थ्य समस्या जस्तै उदाशिनताको समस्या भएको
-नजिकको आफन्त, प्रियव्यतिm गुमाउनु वा द्घन्द हुनु
-शारीरिक वा मानसिक हिंसा वा दुर्ववहारको शिकार भएको
-लागुपदार्थ वा मध्यपानको समस्यामा परेको
-इच्छाविपरित गर्भवति हुनुपरेको
-नजिकको साथीले आत्महत्या गरेको सुन्नु वा देख्नु
-आफ्नो लिङग वा पहिचानमा अनिश्चतता हुनु
-पारिवारिक विखण्डन,झैझगडा तथा घरायसी वातावरण अस्तव्यस्त हुनु
आत्महत्याको लक्षणहरु
-आत्महत्याको सोचाई वारम्वार आईरहनु, योजना बनाउनु
-आत्महत्या गर्न प्रयोग गरिने साधनहरु जस्तै डोरी,विषादी,हतियार किनेर वा संकलन गरेर राख्नु
-सामाजिक व्यवहारबाट टाढिनु जस्तै विवाह,पुजा जस्ता सामाजिक क्रियाकलापमा संलग्न नहुनु
-निरासावादी सोचाईहरु आईरहनु
– विनाकारण एकैछिनमा खुसीलाग्नु वा दुखलाग्नु
-मध्यपान तथा लागुऔषध सेवनमा वृद्घि
-सामान्य दैनिकीमा परिवर्तन हन जस्तै खाने सुत्ने समय, सरसफाई,रुची वा चाख
-नजिकका आफन्त वा साथीभाईहरुसँगं विदावारि हुनु
आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु
-आफ्ना नानीबाबुहरुलाई छरछिमेक, आफ्न्त नातागोताका व्यतिmहरुका नानीबाबुहरु सँग तुलना गर्ने परिपाटीलाई अन्त्य गर्नसके केहीहदसम्म भएपनि आत्महत्याको जोखिमलाई कम गर्न सकिन्छ।
( जग बलियो भएमात्र घर बलियो बनाउन सकिन्छ भन्ने उक्तिmलाई चरितार्थक पार्ने हो भने बालबालिकाहरुलाई सैद्घान्तिक शिक्षा सगंसगै व्यवहारिक शिक्षामा जोडदिन सकेपनि आत्महत्याको जोखिमलाई न्युनीकरण गर्न सकिन्छ।
( कलिला बालबालिका तथा किशोरकिशोरिहरुको मानसिकतामा नकारात्मक असर पर्ने व्यवहार जस्तै दवाव, धम्की,यातनालाई न्यनीकरण÷ समाप्त गर्न जरुरी देखिन्छ।
(सही अनुशासन र व्यवहार सिकाउन सकेमात्र हाम्रा कलिला नानीबाबुहरुले समस्यासगं सामना गर्ने सिप सिक्न सक्दछन् न कि समस्यादेखि भाग्ने।
(मिश्र मनोविद हुन्)। साभार ः स्वास्थ्य खबर डटकम
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...