img

मिटरव्याजी पीडितहरुले मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाए


अपुर्व सम्वददाता
जनकपुरधाम ।
मिटरव्याजी संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा गएका मिटरव्याजी पीडितहरुले आईतबार मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको बताउदैं मुख्यमन्त्री राउतले समाजमा विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार तयार रहेको बताए ।

मिटरव्याजी पीडितहरुले आईतबार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन बुझाउदैं

मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले त्यस्ताविरूद्ध कडा कदम चाल्ने प्रतिबद्धता गरेका छन् ।
प्रहरी प्रशासन मघेश प्रदेशको मातहत नहुँदा कानुनी कार्यवाही एवं ठोस कदम चाल्न नसकिएको मुख्यमन्त्री राउतले भने, ‘सम्बन्धित ठाँउहरूमा आवाज उठाउदै आएको छु । छिटो भन्दा छिटो समस्या समाधानको निसकिने बताए ।’
ज्ञापनमा मिटरव्याजीलाई कार्वाही गरी उनीहरुको सम्पत्ति छानबिन हुनुपर्ने, जफ्त गरिएको पीडितको सम्पति छानबिन हुनुपर्ने, तमसुक व्यवस्था खारेज हुनुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था हुनुपर्ने, मिटरव्याजीबाट ऋणीमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कार्वाही हुनुपर्ने माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780