img

कर्णालीमा कमजोर, मधेसमा सुध्रियो


काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षपछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एसईई परीक्षाको नतिजामा प्रदेशगतरुपमा तुलना गर्दा कर्णाली सबैभन्दा कमजोर देखिएको छ । महामारीका कारण यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा निकालिएको थियो ।

वाग्मती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो छ भने मधेस प्रदेशको नतिजा सुधारिएको देखिन्छ । ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी सहभागी एसईईमा ३‍.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा रहेको छ ।

९ हजार ६ सय ३३ जना विद्यार्थीले उक्त जीपीए प्राप्त गरेकोमा ४७.७७ प्रतिशत वाग्मती प्रदेशका छन् । तुलनात्मक रुपमा सबैभन्दा बढी विद्यार्थी पनि यहि प्रदेशमा थिए । सबैभन्दा कम उच्च जीपीए प्राप्त गर्नेमा भने कर्णाली सबैभन्दा पछाडी र त्यसपछि सुदुरपश्चिम रहेको छ । कर्णालीमा विद्यार्थीको संख्या पनि सबैभन्दा कम साढे ७ प्रतिशत मात्रै रहेको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा नतिजा सन्तोषजनक रहेको जनाए । मधेस प्रदेशबाट उच्च जीपीए (३.६–४) प्राप्त गर्ने विद्यार्थीको संख्या पनि १५ प्रतिशत नै रहेको छ । उच्च जीपीएतर्फ गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र प्रदेश १ भन्दा पनि मधेस प्रदेश अगाडी देखिन्छ । उच्च जीपीए ल्याउने विद्यार्थी प्रदेश १ बाट १२ प्रतिशत, गण्डकीबाट ८ प्रतिशत, लुम्बिनीबाट साढे १२ प्रतिशत र कर्णालीबाट १.१८ प्रतिशत र सुदुरपश्चिमबाट २ प्रतिशत मात्रै रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी भन्दा मधेसमा विद्यार्थी संख्या पनि धेरै छ । कुल विद्यार्थी मध्ये प्रदेश १ ले १७ प्रतिशत, वाग्मतीमा २१ प्रतिशत, गण्डकीमा ९ प्रतिशत, लुम्बिनीबाट १७ प्रतिशत, कर्णालीमा साढे ७ प्रतिशत र सुदूरपश्चिमबाट ११ प्रतिशत विद्यार्थी थिए ।

E. Kantipur

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780