img

गर्मीको बढ्दो असर: विद्यालयहरूले बालबालिकाको सुरक्षालाई लिएर विशेष सावधानी अपनाउनुपर्ने सुझाव


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),२६ जेष्ठ । हाल देशभर तथा तराई मधेशमा बढ्दै गएको गर्मीको प्रभावलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य र सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्दै विद्यालयहरूले केही महत्वपूर्ण कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

गर्मीमा पानीको अति आवश्यक

साे शिक्षा तथा बाल अधिकारका क्षेत्रमा सक्रिय व्यक्तिहरूले विद्यालयहरूले बालबालिकालाई टाई, कालो जुत्ता जस्ता गह्रौँ पोशाक अनिवार्य नगर्न केही सुझाब आएको हाे। गर्मीको प्रतिकूल प्रभावबाट बच्न बालबालिकालाई हलुका, सादा तथा मौसमअनुकूल लुगा लगाउन प्रेरित गर्नुपर्ने सुझाव दिइएको हाे। साथै नियमित रुपमा पानी पिउन अभिप्रेरित गर्नु र गर्मीको प्रभाव न्युनिकरणका लागि वातावरणमैत्री उपायहरू अपनाउनु पनि उत्तिकै आवश्यक रहेको औँल्याइएको हाे।

बढ्दो तापक्रममा बालबालिकाको सुरक्षाका लागि विद्यालय सतर्क रहनुपर्ने

यसबाहेक प्रायः विद्यालयहरूमा बिहानै हुने प्रार्थना सभा (Assembly) तथा शारीरिक व्यायाम कार्यक्रमलाई समेत मौसमको अवस्था हेरी अस्थायी रूपमा स्थगित गर्नु उपयुक्त हुने विज्ञहरूको भनाइ छ।

गर्मीको असर: विघालयमा प्रार्थना सभा र व्यायाम कार्यक्रम स्थगन गर्न विज्ञकाे आग्रह 

यदि गर्मीले उग्र रूप लिएको अवस्थामा औपचारिक सूचना पर्खिनु भन्दा पनि अभिभावक र विद्यालय प्रशासनले मिलेर बच्चाको सुरक्षालाई केन्द्रमा राख्दै विद्यालय पठाउने या नपठाउने विषयमा स्वविवेकपूर्वक निर्णय लिनुपर्नेमा समेत सुझाव दिइएको छ।

यस सन्दर्भमा मधेश प्रदेश सरकार तथा स्थानीय सरकारको सक्रियता र नेतृत्व जरुरी रहेको देखिन्छ ।

नीतिगत तथा प्रशासनिक तहमा स्थानीय सरकारले समयमै आवश्यक निर्णय लिने हो भने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवैलाई सन्तुलनमा राख्न सकिने विश्वास व्यक्त गरिएको छ।
यस महत्वपूर्ण र समयमा सान्दर्भिक सुझाव दिने कञ्चनरुप नगरपालिकाका सामाजिक अभियन्ता सन्दीप गुप्ताप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको हाे।


प्रतिक्रिया दिनुहोस् ।