img

“आजको दिन ऐतिहासिक, मैथिली भवनले मिथिलाको गौरव थप बढने” : मुख्यमन्त्री सिंह


अपूर्व न्यूज समाचारदाता ।
जनकपुर, २३ जेष्ठ । जनकपुरधामस्थित मैथिली विकास कोष अन्तर्गत निर्माण सम्पन्न भएको नव निर्मित मैथिली भवनको उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजको दिनलाई “ऐतिहासिक” भएको बताएका छन्।

नव निर्मित मैथिली भवनको उद्घाटन कार्यक्रममा मिथिला समुदायको उल्लेखनीय उपस्थित ।

शुक्रबार मैथिली भवनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले आफ्नो सम्बोधनमा भने, “मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन एक मीलको ढुंगा सावित हुने बताए । मधेशको सांस्कृतिक समृद्धिका लागि आजको दिन ऐतिहासिक छ।” उनले जनकपुरधाममा निर्माण गरिएको उक्त भवनले सम्पूर्ण मधेश र मिथिला क्षेत्रको गौरव बढाउने विश्वास व्यक्त गरेकाे हाे ।

मैथिली भाषा, संस्कृति र पहिचानका लागि ‘मीलको ढुंगा’: जनकपुरमा नयाँ भवनको सुरुवात

साे मधेश प्रदेश सरकारको ७ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भवनलाई उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेशका विभिन्न उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा समुदायका अग्रजहरूको उपस्थिति हाे।

मुख्यमन्त्री सिंहले थपे,-महत्वाकांक्षी परियोजना सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सबै पक्षप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन्।

उनले मैथिली भाषा र संस्कृतिको प्रवर्द्धनमा अब यो भवन केन्द्रबिन्दु बन्ने अपेक्षा व्यक्त गरेकाे हाे।


प्रतिक्रिया दिनुहोस् ।