img

शिक्षाविद् तारणी प्रसाद साहको स्मृतिमा राष्ट्रिय ध्वज स्तम्भ (झण्डा ताेलन) र हरित बाटिका उद्घाटन


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ७ जेष्ठ । लामो समय शिक्षाक्षेत्रमा योगदान पुर्‍याएका शिक्षाविद् तथा पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको सम्मानमा सप्तरीको कञ्चनपुरस्थित श्री पब्लिक आधारभूत विद्यालयमा राष्ट्रिय ध्वज स्तम्भमा नेपालको झण्डा ताेलन र हरित बाटिका (बगैंचा)को उद्घाटन  गरिएको हाे।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद  गुप्ता,उदयपुरकाे वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कि र स्व. साहुको छाेरी जुवाई उदयपुर जिल्ला वन कार्यालयका वन अधिकृत जागेश्वर प्रसाद साहले संयुक्त रुपमा राष्ट्रिय ध्वज स्तम्भ र हरित बाटिकाको उदघाटन गर्दै ।

बुधबार विद्यालय परिसरमै राष्ट्रिय ध्वज स्तम्भमा नेपालको झण्डा ताेलन र हरित बाटिका (बगैंचा)को उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो।
साे कञ्चनरुप नगरपालिकाका नगर प्रमुख गुप्ता,उदयपुरकाे वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की र स्व. साहुको छाेरी जुवाई उदयपुर जिल्ला वन कार्यालयका वन अधिकृत जागेश्वर प्रसाद साहले संयुक्त रुपमा राष्ट्रिय ध्वज स्तम्भ र हरित बाटिकाको उदघाटन गर्नुभएको हाे।

स्वर्गीय तारणी स्मृति गार्डेन पार्क ।
स्वर्गीय तारणी स्मृति गार्डेन पार्क ।

कार्यक्रममा वर्तमान तथा पूर्व शिक्षाविद्हरू, नागरिक समाजका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका अनुसार  स्व. साहुको शिक्षामा समर्पित योगदानको कदरस्वरूप स्थापना गरिएको स्मृति अक्षयकोषले शिक्षाको क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्व. साहुको चार दशक लामो शैक्षिक सेवा

स्व. तारणी प्रसाद साहले वि.सं. २०१६ साल कार्तिक १९ गतेदेखि नन्द उमा पब्लिक माध्यमिक विद्यालय, ओद्राहा, सप्तरीमा प्रधानाध्यापकको रूपमा आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएको थियो। यद्यपि वि.सं. २०३८ मा राजनीतिक कारणले सेवाबाट हटाइए पनि, उहाँलाई वि.सं. २०४८ मा पुनः सेवा बहाली गरियो। कुल ४१ वर्ष १ महिना २८ दिन लामो सेवा अवधिमा उहाँले हजारौं विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु भएको थियो।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले शिक्षाविद् तथा पूर्व प्रधानाध्यापक स्वर्गीय साहकाे याेगदान बारे आपनो सान्दर्भिक भनाइ राख्दै ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले,भने- विद्यालयमा स्मृति अक्षयकोष स्थापनासँगै स्व. साहुको योगदानलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हाे। यस कोषमार्फत भावी दिनमा शैक्षिक गतिविधिहरू प्रवर्द्धन गर्दै शिक्षाको उज्यालो यात्रा अझ सुदृढ बनाइने योजना रहेको हाे ।

उक्त कार्यक्रम कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्य तथा विद्यालयका प्र.अ. विजेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस् ।