अपूर्व न्यूज समाचारदाता ।
राजविराज, ५ जेठ । रुपनी गाउँपालिका, सप्तरीले सम्झौता अनुसारको भुक्तानी नदिएको भन्दै विजनेश विथ टेक्नोलोजी प्रा.लि. ले अन्तिम ताकेता सहितको औपचारिक पत्र बुझाएको हाे।

कम्पनीका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ अन्तर्गत वडा नं. २ को “डिजिटलाइजेशन तथा ग्रुप एसएमएस कार्यक्रम” काे जिम्मा लिएर तोकिएको कार्य सफलतापूर्वक सम्पन्न गरिए पनि हालसम्म भुक्तानी रोकिएको हाे।
साे कम्पनीले २०८१ साल असार १७ गते कार्य सम्पन्न गरी विवरणसहितको बिल पेश गरेको थियो। तर, पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दा पनि पालिकाबाट स्पष्ट जवाफ नआएको गुनासो गरिएको छ। “कहिले फाइल हराएको, कहिले १८ नं. नउठेको भन्दै कार्यालयले टालटुल व्यवहार गर्दै आएको छ,” कम्पनीको साे पत्रमा उल्लेख छ।

कम्पनीका स्वतन्त्र सफ्टवेयर डेभलपर उमेश कुमार यादवका अनुसार सो कार्य अन्तर्गत ६ हजार भन्दा बढी नागरिकहरूको एकीकृत पारिवारिक डिजिटल प्रोफाइल तयार पारिएको हाे।
“नेपाल सरकारको प्रचलित कानुनअनुसार भ्याटसमेत समयमै दाखिला गरिसकिएको छ, तर अझै भुक्तानीको पर्खाइमा छौं,” स्वतन्त्र सफ्टवेयर डेभलपर यादवले भने, अब पनि समाधान नभए कानुनी बाटो रोज्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेकाे हाे।
साे विजनेश विथ टेक्नोलोजी प्रा.लि.स्वतन्त्र सफ्टवेयर डेभलपर यादवले,-भने सम्बन्धित पक्षलाई जिम्मेवार बनाउन कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (मुख्य कार्यालय टंगाल र क्षेत्रीय कार्यालय ईटहरी), जिल्ला प्रशासन कार्यालय सप्तरी, र कोष तथा लेखा नियन्त्रकको कार्यालय राजविराजलाई समेत पत्राचार गरिसकेको जनाएको छ।
साे विजनेश विथ टेक्नोलोजी प्रा.लि. स्वतन्त्र सफ्टवेयर डेभलपर यादवले भने,- २०८२ जेठ ३० पछाडि आफूले कुनै जिम्मेवारी नलिने स्पष्ट संकेत दिंदै भुक्तानी प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गरेको हाे।